Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: नायब सुब्बा निजामती सेवामा सानै पद मानिन्छ । यिनको तलब २४ हजार ५ सय मात्रै छ । तर, अकुत सम्पत्ति र आर्जन गरेको अभियोग लाग्नेमा धेरैजसो सुब्बा नै छन् । ठुलाठुला भ्रष्टाचारमा सुब्बा मुछिएकाले पनि अनियमिततामा उनीहरु बढी संलग्न रहेको पुष्टि हुन्छ । यातायात व्यवस्था कार्यालय कोसीका तीन लेखापाल (सुब्बा) करोडौँको भ्रष्टाचार मुद्दा खेपिरहेका छन् । लेखापाल सुरेश अधिकारीविरुद्ध ६१ करोड २८ लाखको बिगो दाबीसहित अख्तियारले मुद्दा चलाएको छ । लेखापाल देवराज नेपालमाथि ४५ करोड ६१ लाख र रुद्रप्रसाद दाहालमाथि २१ करोड ६३ लाख भ्रष्टाचार अभियोग छ । तीनै जनको मुद्दा अदालतमा विचारधीन छ । यो…

Read More

काठमाडाैं: काठमाडौं उपत्यकामा बर्डफ्लुको संक्रमण फैलिएको छ । काठमाडौंका विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमणबाट तीन सय ५० काग मरेको पशु सेवा विभागले जनाएको छ । बेलायती दूतावास र राहदानी विभाग क्षेत्रमा भटाभट काग मरेपछि गरिएको नमुना परीक्षणमा एच५एन१ संक्रमण भएको देखिएको विभागले जनाएको छ । ‘एक हप्तामा डेढ सय काग मरेका छन्, नमुना परीक्षण गर्दा बर्डफ्लु एच५एन१ पोजेटिभ देखियो,’ प्रदेश ३ का वरिष्ठ पशु विकास अधिकृत नारायणबहादुर श्रेष्ठले भने । नेपालमा बर्डफ्लु संक्रमणबाट काग मरेको पहिलोपटक पुष्टि भएको चिकित्सकहरूले बताएका छन् । पशु विकास अधिकृत श्रेष्ठले परेवा, भँगेरामा कुनै समस्या नदेखिएको, तर कागमा बर्डफ्लु पोजेटिभ देखिएपछि सतर्क अपनाइएको…

Read More

वीरगन्ज: गत आइतबार साँझ बारामा आएको भुमरीसहितको हावाहुरीले गहुँ तथा अन्न बाली नष्ट गर्दा पाँच करोड रुपैयाँभन्दा बढीको क्षति भएकोे छ । सो शक्तिशाली भुमरीसहितको हावाहुरीले १ हजार ५०५ बिघामा लगाइएको गहुँ, मसुरो, मकै, फलफूल तथा तरकारी बाली पूर्णरुपमा क्षति पु-याएको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ । दुई हजार २३१ बिघा क्षेत्रफलमा लगाएको सो बाली आंशिकरुपमा क्षति हुँदा करीब पाँच करोडभन्दा बढीको अन्नबाली नष्ट भएको ज्ञान केन्द्रका प्रमुख जीतेन्द्र यादवले बताए । हावाहुरीले सबैभन्दा बढी प्रभावित पारेको फेटा गाउँपालिका–१ भलुही, भरवलीया, त्रिवेणी वडा नं ५ गमहरिया वडा नं ६ पुरैनियामा मात्रै करीब ५० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको गहुँ खेती…

Read More

इटहरी : सुनसरीको भोक्राहा ७ मा गोली चलेको छ। गोली लागि एक जना प्रहरी र एक स्थानीय घाइते भएका छन्। नेपाल भारत सीमा नजिकको सोनियाई भन्ने ठाउँमा गोली चलेको हो। चेकजाँचको लागि खटिएको प्रहरीले केही व्यक्तिलाई रोकेर चेकजाँच गर्न खोज्दा प्रहरीको पेस्तोल खोसेर प्रहरीलाई नै प्रहार गरेको सुनसरीका डीएसपी ज्ञानेन्द्र फुँयालले जानकारी दिए। घटनाको विस्तृत विवरण आइसकेको छैन ।

Read More

काठमाडौँ: नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको सांगठनिक संरचना खुम्चिँदै गएको छ। दुई वर्षअघि थवाङ महाधिवेशनमा निर्वाचित केन्द्रीय समितिका झन्डै दुई दर्जन नेता अहिले केन्द्रीय समितिमा छैनन्। एक दर्जन नेता सत्तारूढ नेकपामा छिरिसकेका छन् भने केही नेता निष्क्रिय छन्। पार्टीभित्रै महासचिव विप्लव र नेता खडकबहादुर विश्वकर्माबीच अन्तरविरोध बढ्दो छ। विप्लवका गतिविधिमा सरकारले प्रतिबन्ध लगाएपछि प्रभावशाली चार नेता प्रहरी हिरासतमा छन्। ६१ बाट झरेर ४१ केन्द्रीय समिति २०७३ फागुनमा रोल्पामा भएको आठौं महाधिवेशनले पार्टीको नाम फेरेर नेकपा मात्रै राखेन, ६१ सदस्यीय केन्द्रीय समिति पनि बनायो। तर दुई वर्ष नबित्दै केन्द्रीय समिति ४१ मा आइपुगेको छ। त्यस बेलाका केन्द्रीय सदस्य शरदसिंह भण्डारी, झकबहादुर…

Read More

काठमाडौँ: भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण तोकिएको समय अगावै सकिएको छ । आगामी २०७६ साल चैत १५ सम्म सक्नुपर्ने सुरुङ निर्माण एक वर्ष अगाडि नै पूरा भएको छ । अब घोषणा गर्न मात्र बाँकी छ । नेपालमै पहिलो पटक टनेल बोरिङ मेसिन (टीबीएम) को प्रयोग गरिएपछि सुरुङ निर्माणले गति लिएको थियो । १२ दशमलव २१० किलोमिटरमध्ये अब जम्मा दुई मिटर मात्र सुरुङ खन्न बाँकी रहेको आयोजनाका निर्देशक सञ्जीव बरालले अनलाइनखबरलाई जानकारी दिए । बैशाख ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सुरुङ ‘ब्रेक थ्रू’ गर्ने तयारी छ । बबई किनारबाट सुरुङभित्र पसेको टीबीएम मेसिन सोही दिन भेरी किनारमा निकालिनेछ…

Read More

काठमाडौँ: नेपाली कांग्रेसमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच भागवण्डा मिलेको छ । यससँगै भोलि कार्यसम्पादन समिति गठनको सम्भावना बढेर गएको छ । कांग्रेसले कार्यसम्पादन समिति गठनलाई एजेण्डा बनाएर भोलि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । त्यसको अघिल्लो दिन शीर्ष नेताहरुको बैठकमा भागवण्डा मिलेको स्रोतको दाबी छ । एक नेताका अनुसार पदाधिकारीसहित २९ सदस्यीय कार्यसम्पादन समिति बन्नेछ । सभापतिसहित ७ जना पदाधिकारी छन् भने एकता प्रक्रियाबाट आएका विजयकुमार गच्छदार स्वत पर्ने भए । अब बाँकी २१ जनामा भागवण्डा भएको छ । पार्टी सभापति देउवाले ६०/४० को भागवण्डाका आधारमा वरिष्ठ नेता पौडेल समूहबाट ८ जनाको नाम मागेका…

Read More

काठमाडौँ: भक्तपुरको जडीबुटीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ। शुक्रबार बिहान २ बजेतिर जडीबुटीस्थित पेट्रोल पम्पअगाडि स्कुटरलाई टिप्परले ठक्कर दिँदा सिन्धुलीको भिमान घर भएका बालकृष्ण कार्कीको मृत्यु भएको हो। कार्की सवार बा ४९ प ७४४५ नम्बरको स्कुटरलाई नम्बर नखुलेको टिपरले ठक्कर दिएर भागेको हो। स्कुटरमा रहेका अन्य दुई जना घाइते भएका छन्। सर्लाहीका जुनबहादुर आचार्य र रौतहटका भरत कार्की घाइते भएको प्रहरीले जनाएको छ। ठक्कर दिएको टिप्परको खोजी भइरहेको प्रहरीले जनाएको छ । गत बुधबार पनि जडीबुटीमै टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको थियो।

Read More

काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ६ किलो सुनसहित ४ भारतीय पक्राउ परेका छन्। अर्कै धातुजस्तो देखिने गरी जलप लगाएर विदेशबाट ल्याइएका तीन करोड रुपैयाँ बराबरको सुनका गरगहनासहित उनीहरूलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको हो। बैंककबाट थाई लायन एयरको फ्लाइट नम्बर एस एल २२० विमानबाट काठमाडौं अवतरण गरेका जतिन जैन, सुनिता, सरिता जैन, बबिता गार्गलाई भन्सार छलेर ल्याइएका सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरू अहिलेकाे नयाँ पार्किङमा रहेकाे थकाली किचेन बाहिरबाट पक्राउ परेका हुन्। भन्सार र प्रहरी चेकिङ पार भएका उनीहरूलाई सई दीपेश काैशिककाे टाेलीले पक्राउ गरेकाे हाे। विमानस्थल सुरक्षा पार गरेका उनीहरूले सबै गहना लगाएर आएका थिए। …

Read More

काठमाडौँ: सरकारी चिकित्सकहरूले शुक्रबारदेखि आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बहिष्कार गरेका छन्। आफूहरूलाई संघीय सरकारको मातहत राख्न माग गर्दै उनीहरु आजदेखि हड्तालमा उत्रिएका हुन्। सरकारले सरकारी चिकित्सकहरूलाई निजामती कर्मचारी जस्तै तीन तहको सरकारमा समायोजन गर्न खोजेपछि सरकारी चिकित्सक संघ (गोदान)को नेतृत्वमा उनीहरू आन्दोलनमा उत्रिएका हुन्। देशभरका सरकारी चिकित्सकले आजबाट अनिश्चिकालसम्मका लागि आकस्मिकबोहक सबै सेवा बन्द गरेको गोदानका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले जानकारी दिए। तर हावाहुरीले क्षति पुर्याएका बारा र पर्सा जिल्लामा सरकारी चिकित्सकले आफ्नो नियमित सेवा नरोक्ने पनि उनले जानकारी दिए। ‘यी दुई जिल्लाबाहेक देशैभर सरकारी चिकित्सकले आकस्मिकबाहकेका बिरामी हेर्ने छैनन्,’ नेपालखबरसँग डा. पाण्डेले भने, ‘जबसम्म…

Read More