Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

तुलसीपुर: दाङको तुलसीपुरमा देउसीभैलो खेल्न हिँडेको टोली बोकेको जिप दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । दुर्घटनामा परेकामध्ये पाँच जना गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते दुई जनालाई घोराही र तीन जनालाई नेपालगञ्ज सिफारिश गरिएको प्रहरीले जनाएको छ । घाइतेहरुलाई शसस्त्र प्रहरी, जनपथ प्रहरीले घटनास्थलबाट उद्धार गरेर राप्ती अञ्चल अस्पताल तुलसीपुरमा पु¥याइएको थियो । आदर्श नगर युथ क्लबको देउसीभैलो बोकेको लु१च ७५१६ नं को जिप तुलसीपुर घोराही सडक खण्डको मोतीपुरगेट नजिकै उकालोमा आज दुर्घटनामा परेको थियो । क्षमताभन्दा बढी मान्छे राखेका कारण जिप पल्टिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विवेक शाहले जानकारी दिए। जिपका चालक भने…

Read More

काठमाडौँ: ओलम्पिकको एशियाली महिला फुटबल छनोटको प्रारम्भिक चरणअन्तर्गत आज भएको नेपाल र भारतबीचको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको छ । म्यानमाको याङगोनस्थित थुवुन्ना रङ्गशालामा भएको समूह ‘सी’ अन्तर्गतको पहिलो खेलमा दुवै टोलीले बराबरी खेल्दै अङ्क बाँडेका छन् । खेलमा पहिलो अग्रता भने नेपालले लिएको थियो । खेलको ११आँै मिनेटमा नेपाली टोलीकी कप्तान नीरु थापाले गोल गर्दै सुरुवाती अग्रता लिएकी थिइन् । त्यस्तै खेलको पहिलो हाफको ३७औँ मिनेटमा भारतले एक गोल गर्दै खेललाई एक÷एक गोलको बराबरीमा ल्यायो । भारतका लागि कमलादेवी युम्नामले गोल गरिन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दोस्रो हाफमा भने गोल हुन सकेन । दुवै टोलीले खेलको विभिन्न समयमा…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सर्वोपरी राष्ट्रिय अभिभारा, सङ्कल्प र कामको केन्द्रविन्दु आर्थिक समृद्धि भएको बताएका छन्। तिहारको अवसरमा आज एक शुभकामना सन्देश दिंँदै उनले जनताको पछौटेपन, अविकास र गरीबीको कुचक्रलाई तोडेर आगामी चार वर्षमा देशलाई अल्पविकसित अवस्थाबाट स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गरे । “विगतमा गुमाइएका मूल्यवान समयको समेत शोधभर्ना गर्न आर्थिक विकासको गतिलाई अब तीव्रता दिइने छ”, सन्देशमा प्रधानमन्त्री ओलीले भन्नुभएको छ “सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्न हामी दृढ सङ्कल्पित छौँ ।” हरेक नेपालीको मुहारमा खुशी ल्याउन निजी क्षेत्रलाई साथै लिएर सरकार अघि बढेको प्रधानमन्त्री ओलीले उल्लेख गरे । यसै उद्देश्यका लागि केही समयअघि आफ्नो…

Read More

सोलुखुम्बु: खुम्बु भ्रमणमा आएका दुई विदेशी नागरिकको मृत्यु भएको छ । सगरमाथा क्षेत्र भ्रमणमा आएका अष्ट्रिया र युक्रेनी नागरिकको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा रहेको इम्चाचे हिमाल आरोहण गरी आइलमपिक हँुदै फर्कने क्रममा डोरीबाट चिप्लिएर झर्दा अष्ट्रियाकी २९ वर्षीया जिल समसी भेराको मृत्यु भएको प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिनुभयो । उनी कात्तिक १० गते पाँच जनाको टोलीसहित खुम्बु भ्रमणमा आएकी थिइन् । यसैबीच, युक्रेनी पुरुष नागरिक ४८ वर्षीय एक्सम्यान्स्को खोम्यान्को सेहीको पनि आजै मृत्यु भएको छ । खुम्बु भ्रमणमा आएका खोम्यान्को खुम्बुकै बैङ्करस्थित लालीगुँरास होटलमा बास बसेर मञ्जु भन्ने स्थानमा झर्ने क्रममा…

Read More

हेटौँडा: मकवानपुर जिल्लाको पर्यटकीयस्थलको विकास र प्रवद्र्धन गर्न उद्देश्यले केबुलकार निर्माण गर्न गृहकार्य शुरु भएको छ । मकवानपुरको थाहा नगरपालिकाको सिमभञ्ज्याङ र भीमफेदी गाउँपालिकाको भैसे जोड्ने गरी केबुलकार निर्माण गर्न प्रारम्भिक अध्ययन शुरु गरिएको थाहा नगरपालिकाले जनाएको छ । थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टको नेतृत्वमा विज्ञसहितको एक टोलीले उक्त नगरपालिकाको वडा नं ४ स्थित सिमभञ्ज्याङको स्थलगत निरीक्षण एवम् अवलोकन गरिएको थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपालीले आज राससलाई बताए । जिल्लाको पर्यटकीयस्थलमध्ये महत्वपूर्ण पर्यटकीयस्थल रहेको सिमभञ्ज्याङवाट ड्रोनको प्रयोग गरी दूरीको नापनक्सा र प्रारम्भिक अध्ययन भएको बताइएको छ । सिमभञ्ज्याङवाट भीमफेदी गाउँपालिकाको भैसेतर्फ ६ किलोमिटर र थाहा नगरपालिकाको दामनतर्फ करीब ७२२ मिटरको…

Read More

दमौली: एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गर्न आवश्यक थप जग्गाका लागि रु तीन करोड ११ लाख ६२ हजार मुआब्जा वितरण गरेको छ । व्यास नगरपालिका–५ वेतेनीका आयोजना प्रभावित ६२ मध्ये २० परिवारले मुआब्जा रकम बुझेको आयोजनाका साइट इञ्चार्ज इञ्जिनियर विदुर अधिकारीले बताउनुभयो । मङ्गलबारसम्म अधिग्रहण गरिएको ६० रोपनी जग्गामध्ये नौ रोपनीको मुआब्जा रकम वितरण गरिएको छ । आयोजनाले जग्गा अधिग्रहणका लागि रु सात करोड ७३ लाख विनियोजन गरेको छ । बाँध जाने प्रवेश मार्ग र ठेकेदारका लागि आवश्यक पर्ने जग्गाका लागि आयोजनाले अधिग्रहण गरेको हो । जग्गाको प्रकृति हेरेर प्रतिरोपनी रु नौ लाख ५० हजारदेखि रु…

Read More

काठमाडौँ: थाइल्याण्डमा आयोजना हुने एएफसी यु–२३ वर्षमुनिको च्याम्पियनमा नेपाल कठिन समूहमा परेको छ । एशियाली फुटबल महासङ्घ (एएफसी)ले जारी गरेको खेल तालिकामा नेपाल समूह ‘ए’ मा परेको हो । नेपालको समूहमा कतार, ओमान र अफगानिस्तान छन् । उक्त छनौट चरण आगामी मार्च २२ देखि २६ तारिखसम्म कतारमा हुनेछ । अघिल्लो संस्करणको छनौट चरणको खेलमा नेपाली यु–२३ टोली छनौट चरणबाटै बाहिरिएको थियो । छनौट चरणको खेलमा ४४ राष्ट्रले सहभागिता जनाउँदैछन् । सहभागी टोलीलाई ११ समूहमा विभाजन गरिएको छ । सो प्रतियोगिताबाट आयोजक थाइल्याण्डसहित १६ टोली अन्तिम चरणका लागि छनौट हुनेछन् । उक्त च्याम्पियनसिप आगामी सन् २०२० जनवरी ८ देखि २६ तारिखसम्म…

Read More

काठमाडौँ: नेपाल संवत् ११३९ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्टिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरीब जनताको ऋणमोचन गरी नेपाल संवत्को शुरुवात गराउनुभएको थियो । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए । “लिच्छविकालका राजा राघवदेवको शासनकालबाट शुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो”, उनले भने । विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि…

Read More

काठमाडौँ: यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोवद्र्धन, गोरुको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा…

Read More

काठमाडौँ: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आज महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गरेको छ । विभागले दुग्धजन्य खाद्य वस्तु बिक्री वितरणमा रोक लगाएको छ । सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गरेपछि त्यहाँ बिक्री हुँदै आएको दुग्धजन्य खाद्य वस्तु गुणस्तरहीन भएको पाइएकाले बिक्री वितरणमा रोक लगाइएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Read More