Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: नेपालमा विहीबार थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मोरङको कोशी अस्पताल, विराटनगरमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार विराटनगरका ४५ वर्षीय पुरुष र रंगेली नगरपालिकाका ४५ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको हो । उनीहरूको बुधबार नै कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । उपचारका क्रममा विराटनगरमा मृत्यु भएका ४५ वर्षीय पुरुष मंगलबार कोशी अस्पताल भर्ना भएका थिए । उनीमा मधुमेह र…

Read More

काठमाडौं: काठमाडौं उपत्यकामा आज ८७ जना संक्रमित थपिएका छन् । २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंमा उपत्यकामा ८७ जनामा कोरोना पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ७६, भक्तपुरका १ र ललितपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमाकाठमाडौंका २५ जनामा कोरोना पुष्टि भएको छ । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका एकजना, काठमाडौंका १५ जना, ललितपुरका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै कLटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा काठमाडौंका एकजनामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ ।…

Read More

काठमाडौँ: सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता युवराज खतिवडाले तत्काल लकडाउन नहुने बताएका छन्। बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा उनले सरकार देशभर लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पारे। उनले ठाउँ-ठाउँमा लकडाउन भएको देखिए पनि चैत ११ गते जारी भएको जस्तो मुलुकभर लकडाउन नहुने बताए। यद्यपी संक्रमणको जोखिम हेरेर ती ठाउँहरूमा भने लकडाउन गर्न सकिने उनले जनाए। ‘अहिले पनि दुई दर्जन बढी स्थानीय तहहरूमा लकडाउन गरिएको छ। संक्रमणको जोखिम हेरेर जिल्ला प्रशासनहरूले लकडाउन गर्नसक्छ तर पहिले जस्तो देशभर लकडाउन गर्ने कुरा तत्काल छैन,’ उनले भने। सरकारले कोरोना संक्रमणको जोखिम फेरि बढेको भन्दै उपत्यकामा बिहीबाटदेखि अत्यावश्यक सेवाबाहेकका सवारीमा जोर-बिजोर…

Read More

काठमाडौं: नेपालमा विहीबार थप ३६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । ६ हजार २९६ सक्रिय संक्रमित रहेको उनले बताए । डा गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा झापका एकजना, मोरङका एकजना र सुनसरीका १५ जना, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा इलामका १५ जना, मोरङका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै प्रोदेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका १० जना, सुनसरीका ४ जना, प्रादेशिक…

Read More

काठमाडौँ: नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसहित उनका परिवारका सबै सदस्यको कोरोना नेगेटिभ देखिएको छ। एक निजी प्रयोगशालामा गरिएको परीक्षणमा दाहालसहित उनका परिवारका सबै सदस्यको नेगेटिभ देखिएको हो। आजै दाहालका निवासमा खटिएका सुरक्षाकर्मीमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। प्रचण्ड सचिवालयका अनुसार बिहीबार ६ जना सुरक्षाकर्मीमा कोरोना देखिएको हो। प्रचण्डसहित उनका परिवार, सचिवालयका कर्मचारी र सुरक्षाकर्मी गरी ५३ जनाको कोरोना परीक्षण गरिएको थियाे। जसमा ६ जना सुरक्षाकर्मीको नतिजा पोजेटिभ देखिएको हो।

Read More

काठमाडौँ: गत साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले ६ गतेदेखि लागू हुने गरी लकडाउन खुला गर्‍यो । झण्डै ५ महिनापछि लकडाउन खुला गरे पनि कोरोना भाइरस (कोभिड १९) को संक्रमण घटेन, बरु गत सातादेखि झन् वृद्धि हुन थालेको छ । कोरोना संक्रमण दर हुँदै जाने अनुमान साथ सरकारले भीडभाड हुने क्षेत्रलाई क्रमैसँग खोल्दै जाने घोषणा गरेको थियो । त्यही घोषणाअनुसार खुला भएको सवारीमा पुनः बुधबारदेखि जोरविजोर प्रणाली लगाइएको छ । साउन १५ गतेदेखि होटल, रेस्टुरेन्टमा गरिएको खुकुलोपनलाई पुनः कडाइ गरिएको छ । भदौ १ गतेदेखि खुला गर्ने भनिएका छोटो, मध्यम र लामो दूरीमा जिल्लाभित्र र अन्तरजिल्ला सञ्चार…

Read More

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु कुन शाखामा काम गर्ने कस्ता जनशक्ति हुन् भन्ने खुलाइएको छैन । अख्तियारले पीसीआर परीक्षण गरेर कोरोना संक्रमण नभएको पुष्टिपछि मात्रै कार्यालयमा आउन कर्मचारीहरुलाई आग्रह गरेको छ । मंगलबार १५ जना कर्मचारीमा कोरोना संक्रमण देखिएकोमा परीक्षणको दायरा बढाउँदै जाँदा बिहीबार थप २२ जनामा कोरोना देखिएको हो ।

Read More

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा ड्युटीमा बसेका प्रहरीमा कोरोना देखिएको छ। प्रचण्डको सचिवालयका अनुसार बिहीबार ६ जना सुरक्षाकर्मीमा कोरोना देखिएको हो। ‘निवासको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना पोजेटिभ भेटिएको हो’, सचिवालयले भन्यो, ‘उहाँलाई स्कर्टिङ गर्ने सुरक्षाकर्मीमा भने कोरोना नेगेटिभ भेटियो।’ प्रचण्ड निवासका सुरक्षाकर्मीहरूको हिजो कोरोना जाँच गरिएको थियो।

Read More

काठमाडौँ: प्रहरी प्रधान कार्यालय नक्सालका थप १० जनालाई कोरोना भारइसको संक्रमण पुष्टि भएको छ। केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुँवेर कडायतले थप १० जनामा संक्रमण पोजेटिभ देखिएको जानकारी दिए। योसँगै प्रहरी प्रधान कार्यालयमा मात्र कोरोना संक्रमितको संख्या ८५ पुगेको छ।  नयाँ थपिएका संक्रमितहरू पनि कन्ट्याक्ट ट्रेसिङका क्रममा पत्ता लागेको हो। उनीहरूलाई बलम्बुस्थित एपिएफ अस्पतालमा भर्ना गरिएको छ। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको कडायतले जनाएका छन्। मुख्यालयमा सुरूमा चार जना प्रहरीमा संक्रमण पुष्टि भएको थियो। पछि उनीहरूको सम्पर्कमा आएकाहरूको परीक्षण गर्दा संख्या बढ्दै गएको छ। देशभर कोरोनाबाट संक्रमित हुने प्रहरीको संख्या भने २ सय पुगेको छ।…

Read More

भक्तपुर : चाँगुनारायणबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१५ प ७२६५ नंको स्कुटरले भक्तपुर नगरपालिका १० भक्तपुर–चाँगु सडक वान्टीमा ठक्कर दिँदा पैदलयात्रीको आज मृत्यु भएको छ । स्कुटरको ठक्करबाट भनपा–२ भोलाछे बस्ने ४१ वर्षीया सुन्दरी सुवालको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुृरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । स्कुटरले उहाँलाई हिजो दिउँसो करिब २ः२० बजे ठक्कर दिएको थियो । प्रहरीले घाइतेलाई उपचारका लागि भक्तपुर अस्पताल लगेकामा त्यहाँ उपचार हुन नसकेपछि वीर अस्पताल ट्रमा सेन्टर पठाइएको र त्यहाँ पनि उपचार हुन नसकेपछि राति न्यूरो अस्पताल बाँसबारी पठाइएकामा उपचारकै क्रममा आज बिहान ८ बजे मृत्यु भएको प्रनाउ गिरीले जानकारी दिए…

Read More