Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ:  महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिरमा रु ४१ लाख बराबरको विशेष पूजा गरिएको छ । देवादिदेव महादेव उत्पत्ति भएको दिनका रूपमा विशेष पूजा गरिने फागुन कृष्ण चतुर्दशीका दिन तीन प्रहरमा ५०३ वटा पूजा गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिनुभयो । महाशिवरात्रिका दिन विशेष पूजा गर्न चाहने भक्तजन धेरै भए पनि रात्रिकालीन समयमा मात्र अधिकांशलाई अवसर दिन सकिएको कोषले जनाएको छ । त्यस दिन बिहान २७ र दिउँसो १३ विशेष पूजा भएको थियो । बाँकी विशेष पूजा बेलुकी ८ बजे दर्शनार्थी भक्तजनको लाइन सकिएपछि गरिएको थियो । अधिकांश भक्तजनले रु २७ हजार र…

Read More

काठमाडौं : आज देशभरका पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको हुने सम्भावना रहेको छ । हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव रहेकाले देशको पश्चिमी पहाडी भेगमा आँशिक बदली तथा पुर्वी भू-भागमा आँशिक देखि सामान्य बदली को अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यस्तै भोली मंगलबार फागुन १३ गते पनि देशभर आँशिक देखि सामान्य बदली रहनेछ । देशका केहि स्थानहरुमा मेध गर्जन् र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरुमा हल्का…

Read More

कपिलवस्तु : विगत तीन महिनादेखि कपिलवस्तुको कृष्णनगर नगरपालिकाको काम ठप्प छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा विगत तीन महिनादेखि कामकाज ठप्प भएको हो । प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैनिक आउने सेवाग्राही निरास हुँदै फर्किने गरेका छन् । कृष्णनगरका प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारी पाल्पाको तिनाउ गाँउपालिकामा सरुवा भई गएपनि कृष्णनगर अधिकृतविहीन भएको हो । गत साउन ९ गते निमित्त प्रमुख प्रशासकीयको जिम्मेवारी सम्हाल्दै आएका राजप्रसाद त्रिपाठी आवकाश भएपछि भदौमा भण्डारी कृष्णनगर आएका थिए । भण्डारी कृष्णनगरमा मुस्कीलले एक महिना मात्र बसेर मङ्सिर मै आफ्नो पायकपर्ने स्थानमा सरुवा भएर गए । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप शाह र…

Read More

दक्षिण कोरिया (एजेन्सी) : चीनबाट शुरु भएको कोविड १९ अर्थात् कोरोना भाइरसको संक्रमणबाट दक्षिण कोरियामा आज सोमबार विहानसम्ममा ७ जनाको ज्यान गइसकेको छ । कोरियामा मात्रै यतिबेला ७ सय ६३ जना यस भाइरसबाट संक्रमित रहेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । कारियामा नेपाली कामदारहरु धेरै संख्यामा रहेकाले त्यहाका काम गर्ने अन्य कामदारबाट नेपालीहरुको स्वास्थ्य जोखिममा छ । दक्षिण कोरिया वैदेशिक रोजगारीका लागि नेपालीको आकर्षक गन्तव्य मुलुक हो । ‘कमाउन’ का लागि भन्दै कोरियामा रहेका उनीहरु यतिवेला कोराना संक्रमणको त्रासमा काममा गइरहेका छन् । थेंगु क्षेत्रमा पाँच सय भन्दा बढी व्यक्तिमा संक्रमण फैलिएको समाचार आएपछि त्यस क्षेत्रमा विवाह लगायतका समारोहमा…

Read More

कटारी (उदयपुर): नेपाल विद्युत प्राधिकरणले सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गत उदयपुरको कटारी नगरपालिका—४ मरुवामा भइरहेको निर्माण अवरोध हटाउन पहल गरिरहेको छ । स्थानीय बासिन्दाले प्रसारण लाइनको रुट सार्न माग राख्दै झण्डै दुई वर्षअघिदेखि निर्माणमा अवरोध गरिरहेका छन् । त्यस क्षेत्रमा नौ वटा टावर निर्माण गर्नु पर्ने छ । जारी अवरोधले निर्माण ढिलाइ हुँदा सोलुखुम्बुमा निर्माणाधीन निजी क्षेत्रका जलविद्युत आयोजनाहरुको विद्युत् खेर जाने अवस्था आउन नदिन प्राधिकरण उच्च व्यवस्थापनले अवरोध हटाउन पहल गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ,कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ, सम्बन्धित वडाका वडाध्यक्षहरु, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक बज्रभूषण चौधरीलगायतको टोलीले आइतबार अवरोधस्थलको निरीक्षण…

Read More

काठमाडौँ : काठमाडौँ उपत्यकामा रहेका पुराना पाइपहरु क्रमशः विस्थापित हुने भएका छन् । मेलम्ची खानेपानी आयोजनाका लागि आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेकै पाइपबाट सबै पानी वितरण गर्ने हुँदा पुराना पाइप अब प्रयोगमा नआउने भएको छ । हालका लागि पुरानै पाइपबाट पानी वितरण भए पनि आगामी वर्षबाट निर्देशनालयले निर्माण गरेकै पाइपबाट पानी वितरण गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल० का प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए । उनका अनुसार पुराना पाइप प्रयोगमा नआउँदा अहिले रहेकै स्थानमा छाडिनेछ । सय वर्षभन्दा पुराना पाइप पुनः प्रयोगमा आउन सक्ने सम्भावना कम रहेको छ । उनले भने, “ती पाइप निकाल्दा खर्च लाग्ने र सडक…

Read More

काठमाडौं : आइपिओ निष्काशनको ८ महिनापछि हिमाल दोलखाको शेयर नेप्सेमा सुचिकृत भएको छ । आज सोमबार नेप्सेमा कम्पनीको १ करोड ६० लाख कित्ता शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै भोली मंगलबारबाट कम्पनीको कारोबार सुरु हुने छ । नेप्सेले पहिलो कारोबारको लागि ६५।३३ देखि १९५।९९ सम्मको रेन्ज तोकेको छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीइको नेटवर्थको आधारमा ३ गुणासम्म सुरुवाती रेन्ज तोक्ने गरेको छ । शेयर प्रत्याभूतकर्तासँगको विवाद भएपछि ढिलो गरी कम्पनीको आईपिओ सुचिकृत भएको हो । कम्पनीले गत असार २५ गतेदेखि आईपिओ निष्काशन गरेकोमा फागुन महिनामा बल्ल शेयर सूचीकरण भएको हो ।

Read More

काठमाडौं : प्रिमियर इन्स्योरेन्स कम्पनीले यो वर्ष लगानीकर्तालाई कुनै लाभांश/बोनस शेयर नदिने घोषणा गरेको छ । फागुन ८ गते साँझ बसेको २७७ औं बोर्ड बैठकले नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस)को आधारमा आर्थिक वर्ष २०७५र७६ को वित्तीय विवरण तयार पार्दा मुनाफाबाट लाभांश तथा बोनस सेयर वितरण गर्न नमिल्ने भएको उल्लेख गर्दै सो आर्थिक वर्षका लागि लाभांश वितरण नगर्ने निर्णय भएको कम्पनीले जनाएको छ । लाभांशकै आशामा यो कम्पनीको सेयर मूल्य दोश्रो बजारमा एक महिनाको अवधिमा प्रतिकित्ता ५०० रुपैयाँबाट बढेर ७०० माथि पुगिसकेको छ । यद्यपि यो घोषणापछि प्रिमियर इन्स्योरेन्सको शेयरमा भारी गिरावट आएको छ । यो समाचार तयार…

Read More

काठमाडौँ: चालु आर्थिक वर्षको पहिलो सात महिनामा वस्तु आयात घटेको छ भने निर्यात व्यापार उल्लेख्य बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार सात महिनामा कूल ८ खर्ब 3 अर्ब ६० करोड रुपैयाँ बराबरको आयात भएको छ । यो रकम अघिल्लो आर्थिक वर्ष २०७५÷७६ को सोही अवधिको तुलनामा ३.५६ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा ८ खर्ब ३३ अर्ब २६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । यस अवधिमा निर्यात व्यापारमा भने उल्लेख्य वृद्धि भएको छ । तथ्यांक अनुसार चालु आवको सात महिनामा ६४ अर्ब ५७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको…

Read More

भक्तपुर : भक्तपुर नगरपालिका–९ च्यामासिंहबाट ब्रम्हायणीतर्फ जाँदै गरेको बा३क ३५८८ नंको मिनी ट्रकले ठक्कर दिँदा एक पैदल यात्री बालकको मृत्यु भएको छ । ठक्करबाट भक्तपुर–१० कमलविनायक बस्ने ११ वर्षीय तिलक मकाजूको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता दीपक गिरीले जानकारी दिए । मिनी ट्रकको ठक्करबाट घाइते भएका मकाजूको जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरमा उपचार हुन नसकेपछि बी एन्ड बी अस्पताल ग्वार्को ललितपुर लगिएकामा उपचारकै क्रममा गए राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने सवारीसाधन र सवारी चालक रोल्पा रुम्तीगढी गाउँपालिका–१ घर भई हाल सूर्यविनायक–१० भातेढिकुर बस्ने २६ वर्षीय सुरेश मगरलाई पक्राउ गरी कारवाही अगाडि बढाइएको प्रहरीले जानकारी…

Read More