Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र निजी क्षेत्रका प्रतिनिधिबीच समसामयिक आर्थिक विषयमा छलफल भएको छ । आज अर्थ मन्त्रालयमा आयोजित छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डे तथा नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खेमराज भण्डारीलगायतको उपस्थिति रहेको थियो । अर्थमन्त्री खनालले आफ्नो कार्यकालमा निजी क्षेत्रबाट प्राप्त सहयोग र पृष्ठपोषणप्रति आभार व्यक्त गरे । उनले २०८२ भदौ २३ र २४ गतेको आन्दोलनका कारण बिग्रिएको व्यावसायिक वातावरण र निजी क्षेत्रको मनोबल उठाउनु प्रारम्भिक चुनौती रहेको उल्लेख गर्दै साझा प्रयासबाट अहिले व्यावसायिक वातावरणमा सुधार आएको जानकारी दिए । अर्थ मन्त्रालयका…

Read More

काठमाडौँ: नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी सभापति गगनकुमार थापालाई जिम्मेवारी पूरा गर्न सुझाव दिएका छन् । फागुन २१ गतेको चुनावमा कांग्रेसका सबै पदाधिकारी पराजित भएपछि राजीनामा दिने मनस्थितिमा सभापति थापा पुगेको भन्दै उनले यस्तो सुझाव दिएका हुन् । ‘राजीनामा दिने होइन जिम्मेवारी पुरा गर्ने समय हो’, सामाजिक सञ्जाल फेसबुकमा नेता भण्डारीले लखेको छन्, ‘अधिवेशनका लागि बनेको कांग्रेसको चुनाव नियमित थिएन। त्यसैले गगन कुमार थापा ज्यूले नैतिकताको नाममा राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै उपयुक्त, जिम्मेवार र समयसापेक्ष बाटो हो।’ उनले अहिले कांग्रेस बचाउनु एक नैतिक दायित्व भएको भन्दै यो समयमा पार्टीलाई औषधी खुवाउनुपर्नेमा जोड दिँदै छोडेर हिँड्नु नहुने बताए…

Read More

काठमाडौं: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भएको निर्वाचनमा विशाल जितका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहलाई सोमबार फोन गरेर बधाई दिएका छन् । रास्वपाले फागुन २१ मा सम्पन्न निर्वाचनमा प्रत्यक्ष १२५ सहित दुईतिहाइ बहुमत पक्का गर्नै लाग्दा मोदीले सभापति लामिछाने र वरिष्ठ नेता साहसँग टेलिफोन वार्ता गरेको जानकारी दिएका हुन् । रास्वपाबाट फागुन २१ को निर्वाचनपछि बालेन्द्र प्रधानमन्त्री हुने सहमति गत पुस १३ गते नै भइसकेको छ । निर्वाचनपछि प्रत्यक्ष र समानुपातिकको परिणाम अन्तिम चरणमा पुगिरहँदा दुवै नेतासँग मोदीले संवाद गरेका हुन् । उनले यो चुनावमा भएको ऐतिहासिक जितप्रति दुवैजनालाई बधाई दिएको पनि जानकारी…

Read More

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा–५ मा विशाल मतान्तरले पराजित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र (बालेन) शाहसँग ओली पराजित भएका हुन् । बालेन ६८ हजार ३४८ मतसहित निर्वाचित हुँदा उनका मुख्य प्रतिस्पर्धी ओली १८ हजार ७३४ मतमा सीमित भए । बालेनले ओलीलाई ४९ हजार ६१४ मतले पराजित गरेका हुन् । श्रम संस्कृति पार्टीका समिर तामाङ तेस्रो स्थानमा रहे भने नेपाली कांग्रेसकी मंधरा चिमरिया चौथो स्थानमा रहिन् । समिरले ९ हजार २३३ मत प्राप्त गर्दा मंधराले १ हजार ८२१ मत गरिन् । झापा–५ बाट ओली पटक–पटक निर्वाचित हुँदै आएका थिए भने बालेन पहिलो पटक…

Read More

ललितपुर । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत ललितपुर निर्वाचन क्षेत्र नं १ को अन्तिम नतिजा सार्वजनिक भएको छ। जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बुद्ध रत्न महर्जन भारी मतका साथ विजयी भएका छन्। महर्जनले आफ्ना निकटतम प्रतिद्वन्द्वी तथा नेपाली कांग्रेसका चर्चित नेता उदय शमशेर जबरालाई ९,८५३ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्। सार्वजनिक नतिजा अनुसार बुद्ध रत्न महर्जनले २३,३७३ मत प्राप्त गरे भने नेपाली कांग्रेसका राणाले १३,५२० मतमा चित्त बुझाउनु पर्‍यो। त्यस्तै, नेकपा एमालेका उम्मेदवार चेत नाथ संजेलले ६,५४६ मतका साथ तेस्रो स्थानमा सीमित भएका छन्।

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहले सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँगको मतान्तर बढाएका छन् । मतगणनाको पछिल्लो परिणामअनुसार (बिहान साढे ९ बजेसम्म) उनले थपासँगको मतान्तर ६ हजार भन्दा बढी पुर्‍याएका छन् । जानकारी अनुसार यी दुईबीचको मतान्तर ६ हजार २ देखिएको छ । यहाँ रास्वपाका उम्मेदवार सिंहले १४ हजार ४३४ मत ल्याएका छन् । कांग्रेस सभापति थापाको पक्षमा आठ हजार ४६२ मत गणना भएको छ । यस्तै नेकपा एमालेका उम्मेदवार अमनिश यादवले दुई हजार २६१ मत पाएका छन् ।

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री घोषणा गरेका बालेन्द्र शाह (बालेन) ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगको मतान्तर झन् बढाउँदै लगेका छन् । मतगणनाको पछिल्लो परिणामअनुसार झापा ५ मा उनी नेकपा एमालेका अध्यक्ष ओलीभन्दा २९ हजार बढी मतले अगाडि देखिएका छन् । बालेनले ३९ हजार २८४ मत ल्याउँदा ओली १० हजार २९३ मतसहित दोस्रो स्थानमा छन् । झापा–५ मा श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङ ६ हजार ३२४ मतसहित तेस्रो स्थानमा रहँदा नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले १ हजार ९६ मत ल्याएकी छन् । यहाँ अन्य उम्मेदवारले चार अंकको योगफल जोड्न सकेका छैनन् । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रञ्जित…

Read More

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले देशभर पार्टीले ब्यहोरेको पराजयसँगै पार्टीको नेतृत्व, नीति र कार्यसम्पदानबारे गम्भीर समीक्षा गरेर आवश्यक निर्णय लिने बताएका छन् । रुपन्देही-२ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित भएका पौडेलले यसपटकको चुनावमा एमाले उम्मेदवारहरुको पराजय उनीहरुको व्यक्तिगत कारण नभएको बताए । पौडेल रास्वपाका सुलभ खरेलसँग ४० हजार बढी मतान्तरले पराजित भएका छन् । निर्वाचन आयोगले भने औपचारिक घोषणा गर्न बाँकी छ । बालेन शाहको प्रवेशपछि रास्वपाको पक्षमा आएको देशव्यापी लहरमा मतदाताले अन्य दलका उम्मेदवारको क्षमता, योगदान केही नहेरी चुनाव चिन्हलाई मात्रै हेरेर मतदान गर्दा अरु सबै दलका लागि प्रतिकूल नतिजा आएको बताए ।

Read More

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ खरेल विजयी भएका छन् । निर्वाचन आयोगले खरेल विजयी भएको जनाएको छ । उनले निकटतम प्रतिस्पर्धी एमालेका विष्णु पौडेललाई ४३ हजार ६८९ मतान्तरले पराजित गरे । खरेलले ५६ हजार ५५० मत पाएर निर्वाचित भएका हुन् । त्यस्तै निकटतम् प्रतिस्पर्धी पौडेलले १२ हजार ८६१ मत मात्रै पाए । तेस्रोमा रहेका नेपाली कांग्रेसका चुन्नप्रसाद पौडेलले ९ हजार ३९२ मत पाउँदा नेकपाका सुभाष पाण्डेले १ हजार ४०९ मत पाए ।

Read More

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक विजयी भएका छन् । लामिछानेले ५४ हजार ४०२ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत प्राप्त गरिन् । लामिछानेले खरेललाई ३९ हजार ४६८ मतान्तरले पराजित गरेका हुन् । यस्तै एमालेका अस्मिन घिमिरेले ६ हजार ९९२ र नेपाली कम्युनिष्ट पार्टीका प्रताप गुरूङले ४ हजार ९६९ मत ल्याए । यो क्षेत्रमा ८७ हजार २८ सदर र २ हजार ७९६ मत बदर भएको थियो । लामिछानेले यसअघि २०७९ र २०८० को उपनिर्वाचनमा यहीँ क्षेत्रबाट चुनाव जितेका थिए ।

Read More