Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: ललितपुर सुनाकोठीकी समता महर्जन दैनिक सार्वजनिक यातायातबाट ओहोरदोहोर गर्छिन । कलेज जाँदा र कार्यालय जाँदा सार्वजनिक यातायातमा तोकिएको भाडादरभन्दा बढी भाडा तिर्नुपरेको उनको अनुभव छ । सरकारले न्यूनतम भाडादर रु १४ तोकेको भए पनि उनी त्योभन्दा कम दूरी यात्रा गर्दा रु १५ तिर्ने गरेकी छिन । सहचालकलाई ‘किन बढी भाडा लिएको’ भनेर सोध्दा भाडा तिर्न नसके किन बस चढेको भन्दै विवाद गर्ने गरेको उनले बताईन । सहचालकसँग विवाद हुँदा उनी कति पटक त आधा बाटोमा नै झरेकी छिन । सातदोबाटोबाट सुनाकोठी जाँदै गर्दा सहचालकले उभिएर दुई लाम बस्न भनिरहेका थिए । महर्जनले सानो बसमा सिटबीचको साँघुरो ठाउँमा…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १९ औँ शिखर सम्मेलन शीघ्र आयोजना गर्न सदस्य राष्ट्रबीच सहमति हुनेमा आफू विश्वस्त रहेको बताएको छ । सार्क सचिवालयको आज भ्रमण गरेर सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै सार्कका अध्यक्षसमेत रheका प्रधानमन्त्री ओलीले लामो समयदेखि अवरुद्ध भएको सार्कको १९औँ शिखर सम्मेलन चाँडो हुनेमा आफू ढुक्क रहेको बताए । उनले सार्कको अध्यक्षता पाकिस्तानलाई हस्तान्तरण गर्न आफू आतुर रहेको स्पष्ट पार्दै काठमाडौँमा सम्पन्न १८औँ शिखर सम्मेलनले शान्ति, एकता र प्रगतिका लागि गहिरो साझेदारीमा जोड दिएको स्मरण गरे । सार्कका राष्ट्राध्यक्ष÷सरकार प्रमुखले सार्कका सिद्धान्त र उद्देश्यप्रति प्रतिबद्धता जनाएको बताउँदै प्रधानमन्त्री ओलीले…

Read More

कास्की: पोखरा महानगरपालिका–१८ को सराङकोटमा खानेपानीको चरम अभाव विस्तारै हट्दै गएपछि स्थानीयवासी उत्साहित भएका छन् । हिमशृङ्खला, पोखरा उपत्यका, फेवाताल र सूर्योदय तथा सूर्यास्तको दृश्यावलोकनका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा ख्याति कमाएको पर्यटकीय गन्तव्य सराङकोटमा निर्माणाधीन तीनवटा खानेपानी आयोजनामध्ये स्याउदे लिफ्टिङ खानेपानी योजना सम्पन्न भएर घरघरै धारा जडानसँगै स्थानीयवासीमा खुशी छाएको हो । आर्थिकरुपमा सक्षम हुनेले ट्याङ्करबाट मगाएर पानीको जोहो गरे पनि एक गाग्री पानीका लागि बिहान सबेरै उठेर एक÷डेढ घण्टा समय व्यतीत गर्न बाध्य महिला एक घर एक धाराबाट बढी खुुशी भएका हुन् । यससँगै पानी लिन जान लाग्ने समय अब उनीहरुले तरकारी उत्पादनमा लगाउँदै आयआर्जन गर्ने प्रण गरेका…

Read More

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा पहुँचवाला र ठूला नेतालाई उन्मुक्ति दिएको भन्दै बिहीबार आयोगको कार्यालय सामुन्ने विरोध प्रदर्शन गरेको छ । ‘एक देश, दुई कानुन’ को विरोधमा पूर्वघोषित कार्यक्रमअनुसार साझा पार्टीले विरोध प्रदर्शन गरेको हो । सिठी जुलुससहित भएको विरोध प्रदर्शनलाई रोक्न प्रहरीले हस्तक्षेप गरेको थियो । टंगालस्थित आयोगको मूल गेटअगाडि पुगेका प्रदर्शनकारीलाई प्रहरीले हस्तक्षेप गर्दै रोकेको हो । यस क्रममा साझा पार्टीकी बागमती प्रदेश संयोजक समीक्षा बास्कोटासहित एक दर्जन नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको सो पार्टीले जनाएको छ । आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा १७५ जनाविरुद्ध मुद्दा दायर गरे…

Read More

काठमाडौं: एनसेलले प्रणय दिवसका अवसरमा स्पेशल अफर ल्याएको छ। कम्पनीले प्रिपेड ग्राहकका लागि भ्यालेन्टाइन अफर ल्याएको हो। कम्पनीले ‘अझै नजिकिन्छ सम्बन्ध’ योजनाअन्तर्गत करसहित सय रुपैयाँमा ७ सय मिनेट टक टाइमको साप्ताहिक भ्वाइस प्याक पाउने जनाएको छ। कम्पनीका अनुसार यो योजना शुक्रबारदेखि तीन महिनासम्मका लागि लागू हुनेछ। यो अफर अनुसार ग्राहकले करसहित १८ पैसा प्रति मिनेटमा कुरा गर्न सक्ने कम्पनीको दाबी छ। कम्पनीका अनुसार यो अफर लिन एस्ट्रिक १७११८ एस्ट्रिक २ एस्ट्रिक ३ ह्यास डायल गर्नुपर्नेछ।

Read More

विराटनगर: भारत निकासी हुन थालेको साढे ७ करोड मूल्य बराबरको ६ सय टन पाम तेल विराटनगर भन्सारको गोदाममा थन्किएको छ। भारत सरकारले गत पुस २३ गते सूचना जारी गर्दै पाम तेलको आयातमा रोक लगाएपछि सोही दिन निकासी हुन लागेको पाम तेल व्यवसायीले सीमापारिबाट फर्काएर विराटनगर भन्सारमा ल्याएका थिए। भन्सारको गोदाममा पशुपति खाद्यतेल उद्योग, बाबा भेजिटेबल, स्वस्तिक आयल र श्रीराम रिफाइनरी उद्योगको तेल थन्क्याइएको छ। ‘विराटनगर भन्सारको पुराना गोदाम पाम तेलले ७५ प्रतिशत भरिएका छन्,’ इन्टरमोडल यातायात विकास समितिका प्रमुख गणेश घिमिरेले भने, ‘भन्सारको ८० प्रतिशत काम आइसिपीबाट हुन थालेको छ, तर आइसिपीमा पर्याप्त गोदाम छैनन्। त्यसैले साबिक…

Read More

बेत्रावती: बेलकोटगढी नगरपालिका–११ को उपल्लो तिगाउँमा मौसमी भाइरलको कारण गाउँनै प्रभावित भएको छ । पछिल्लो तीन दिनदेखि देखिएको मौसमी भाइरलको कारण गाउँको प्रत्येक घरका सदस्य बिरामी देखिएको वडाध्यक्ष रामहरि पाण्डेले जानकारी दिए । उनको अनुसार बिरामी भएकामध्ये बिहीबारदेखि बेलकोट स्वास्थ्यचौकीबाट गएको अनमी उषा सिंह र कमला पाण्डेसहितको टोलीले उपचार शुरु गरेको छ । अहिलेसम्म ५४ को उपचार गरिएको छ । करिब ५० घरधुरी रहेको उक्त गाउँका बासिन्दालाई उच्च ज्वरो, रुघाखोकी, रक्तचाप भएका बिरामी प्रत्येक घरमा पाइएको उपचारमा संलग्न अनमी पाण्डेले जानकारी दिए । तामाङ समुदायको बाहुल्यता रहेको उक्त गाउँका बासिन्दा बिरामी हुनुका कारण दूषित खानेपानी भएको हुनसक्ने अनुमान…

Read More

काठमाडौं: नेपाली कांग्रेसले शुक्रबारको संसद बैठक पनि अवरुद्ध गर्ने निर्णय गरेको छ । बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले संसद अवरुद्ध गर्ने निर्णय गरेको हो । बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस उपसभापति विजयकुमार गच्छदारविरुद्ध समेत भ्रष्टाचार मुद्दा दायर गरेपछि कांग्रेसले बिहीबारको संसद बैठक पनि अवरुद्ध गरेको थियो । शुक्रबारको बैकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले संवैधानिक आयोगलाई सरकार आफैंले चलाउन खोजेको र पक्षपातपूर्ण निर्णय गरेकाले आजको बैठक पनि अवरुद्ध गर्ने बताए । प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ बजे बस्दै छ ।

Read More

बागलुङ: वर्षौंपछि काठेखोला गाउँपालिका–३ धम्जा, देउरालीको माहोल खेल र सङ्गीतमय बन्यो । गाउँलेले कुनै ताका देउरालीमा लाग्ने पुरानो शिवरात्रि र तीज मेलाको झल्को मेटे । माघे ठिहीकोसमेत प्रवाह नगरी कार्यक्रममा रमाए, झुमे । यही साता चलेको ‘प्रथम अध्यक्षकप भलिबल एवं साङ्गीतिक प्रतियोगिता’ले देउरालीलाई फेरि पुरानै चिनारीमा फर्कायो । देउराली पहिले व्यापारिक केन्द्र थियो । छिमेकी गाउँबाट घण्टौँ हिँडेर मानिस किनमेल गर्न आउँथे । बटुवा, लाहुरे बास बस्थे । समय बित्दै गयो । सडक आयो । नयाँ ठाउँमा बजार बसे । देउरालीको चहलपहल घट्यो । व्यापार सुस्तायो । त्यहाँ लाग्ने मेला, जात्रा पनि विस्तारै हटे । यसरी पहिचान गुम्दै…

Read More

बाँके: जिल्लामा सानादेखि ठूला पूर्वाधारका काम अघि बढिरहेका छन् । त्यसका लागि ढुङ्गा, गिट्टी, बालुवाजस्ता सामग्री नै महत्वपूर्ण हुन् । चालु आर्थिक वर्षको सात महिना बित्न लाग्दा पनि नदीजन्य पदार्थको सबैभन्दा ठूलो स्रोत बाँकेको राप्ती नदीमा नदीजन्य पदार्थको ठेक्का लाग्न नसक्दा विकासका काम प्रभावित भएका छन् । राप्तीसोनारी गाउँपालिकाले यसअघि तीनपटक नदीजन्य पदार्थका लागि ठेक्का आह्वान गरिसकेको छ । राप्तीसोनारीले चालु आवका लागि पहिलोपटक २०७६ भदौ १०, दोस्रोपटक कात्तिक ९ गते र तेस्रोपटक पुस २१ गते नदीजन्य पदार्थको बोलपत्र आह्वान गरेको थियो । तर, हालसम्म बोलपत्र स्वीकृत हुन नसक्दा विकासका काम प्रभावित भएका छन् । पहिलोपटक बोलपत्र हाल्ने…

Read More