Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा मिलेर बनेको सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी अन्तिम चरणमा पुर्याएको छ । पाँच राजनीतिक दल आबद्ध सत्ता गठवन्धनले कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा बनाएको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउन लागेको हो । सरकारले गर्ने काम र सरकारको प्राथमिकता निर्धारण गरिएको न्यूनतम साझा कार्यक्रमअनुसार सरकार सञ्चालन गर्ने पाँच दल आबद्ध गठवन्धनको तयारी छ । सोही अनुसार सरकारको योजना, गर्ने काम र सरकारको प्राथमिकतालाई कार्यदलले अन्तिम रुप दिएको हो । कार्यदलका सदस्य कांग्रेस नेता रमेश लेखकले…

Read More

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच समसामयिक विषयमा छलफल भएको छ । बिहीबार अपरान्ह राष्ट्रपति र प्रधानमन्त्रीबीच छलफल भएको हो । छलफलमा राष्ट्रपतिले कोरोना महामारी नियन्त्रण, प्रभावितहरूको उपचार तथा जनस्वास्थ्यका विषयमा सरकारले गरेका कामबारे चासो व्यक्त गर्दै प्रधानमन्त्रीबाट जानकारी लिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति र प्रधानमन्त्रीबीचको उक्त भेट नियमित भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताए ।

Read More

काठमाडौँ: नेकपा (माओवादी केन्द्र)बाट स्थानीय निकायमा निर्वाचित भएर एमालेमा प्रवेश गरेका जनप्रतिनिधिलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्याकेटबारे जानकारी दिन सर्वोच्च अदालतले आदेश गरेको छ । बिहीबार न्यायाधीशहरू आनन्दमोहन भट्टराई, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको इजलासले जनप्रतिनिधिलाई भ्याकेट बारे जानकारी दिन आदेश गरेको हो । तीन न्यायाधीशको पूर्ण इजलासले सो मुद्दामा अर्को पेशी तोक्न आदेश गरेको छ । सर्वोच्चले यसअघि माओवादी केन्द्रले गरेको कारबाही तत्काल कार्यान्वयन नगर्न माओवादी केन्द्रको नाममा अन्तरिम आदेश दिएको थियो । सो आदेशविरुद्ध प्रचण्डले साउन ७ मा भ्याकेट निवेदन दर्ता गराएका थिए । नेकपा विभाजनपछि एमालेतर्फ लागेका स्थानीय जनप्रतिनिधिलाई माओवादीले कारबाही गरेपछि उनीहरू अदालत गएका थिए ।…

Read More

काठमाडौँ: अर्थमन्त्री जनार्दन शर्माले नेपाल आवद्ध रहेका व्यापार सम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरू के कति देशको हितमा छन भन्ने कुराको समीक्षा गर्न जरुरी रहेको बताएका छन्। बिहीवार भन्सार विभागको निरीक्षण तथा ब्रिफिङ्ग लिने क्रममा मन्त्री शर्माले भने, ‘नेपाल समेत सहभागी भएका अन्तर्राष्ट्रिय व्यापार सम्झौताहरू नेपालको लागि परिणाममुखी भए नभएको सम्बन्धमा अध्ययन जरुरी भइसकेको छ। तिनको अध्ययन समीक्षा गरेर आवश्यक कदम चाल्नुपर्ने अवस्था देखिएको छ।’ मन्त्री शर्माले भन्सार प्रशासनलाई सरल र जनमुखी बनाउनुपर्नेमा समेत जोड दिए। ‘सेवाग्राहीको सन्तुष्टि महत्वपूर्ण कुरा हो। यसमा ध्यान दिँदै इमान्दारिता र पारदर्शितासहित आफ्नो सम्पूर्ण क्षमताका साथ काम गर्नुस्’ उनले भने। मन्त्री शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा…

Read More

काठमाडौँ: विगतमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा जिम्मेवारी सम्हालेका पूर्वमन्त्रीले आधारभूत जनतालाई केन्द्रित गरेर देशको आवश्यकता अनुसार कार्यक्रम तय गरी अघि बढ्न मन्त्री पम्फा भुसाललाई सुझाव दिएका छन् । मन्त्रालयमा आज आयोजित छलफलमा उनीहरूले आफ्ना अनुभव सुनाउँदै देशको आर्थिक विकासका लागि ऊर्जा र सिँचाइ क्षेत्रमा एकीकृत कार्यक्रमसहितको नीति बनाएर अघि बढ्न आग्रह गरे । पूर्वमन्त्री वर्षमान पुनले ऊर्जा, जलस्रोत तथा सिँचाइका क्षेत्रमा एकीकृत गुरुयोजना बनाएर अगाडि बढ्न सुझाव दिए । उनले भने, “नयाँ अवधारणाअनुसार जलाशययुक्त आयोजना बनाउनेतर्फ जानुपर्छ ।” पूर्वमन्त्री पुनले कुन आयोजनालाई प्राथमिकता दिने भन्ने विषयतर्फ ध्यान पु¥याउनुपर्नेमा जोड दिँदै सिँचाइ तथा विद्युत्का लागि उपयुक्त कार्यक्रम ल्याउन सुझाव…

Read More

काठमाडौँ: साताको अन्तिम कारोबार दिन नेप्सेमा करेक्सन भएको छ। निरन्तर ४ दिनको वृद्धिपछि यस दिन करेक्सन भएको हो। पछिल्लो ४ कारोबार दिनमा नेप्से ४३.३६ अंक बढेको नेप्सेमा यस दिन १६ अंकको करेक्सन भएको हो। बुधबार १२.०५ अंक बढेर हालसम्मकै उच्च विन्दु ३१२३.१५ विन्दुमा पुगेको नेप्से, यस दिन १६ अंक घटेर ३१०७.४५ विन्दुमा झरेको हो। यस दिन नेप्से ओरालो लागेपनि सेन्सेटिभ इण्डेक्स भने बढेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.६४ अंक बढेर ५७९ विन्दुमा पुगेको छ। यस दिन फ्लोट इण्डेक्स ०.८६ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२५ अंक बढेको छ। यस दिन नेप्से २२६ कम्पनीको १ लाख ३५ हजार…

Read More

काठमाडौँ: सरकारले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता तत्काल संसद्मा टेबुल नगर्ने भएको छ । सरकार सञ्चालनसम्बन्धी ‘संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम’ को मस्यौदामा अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी नीतिमा एमसीसी सम्झौता यथास्थितिमा अघि नबढाउने संकेत गरिएको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले बनाएको ‘न्यूनतम साझा कार्यक्रम’ मा परराष्ट्र नीति निर्माणमा राष्ट्रिय सहमति कायम गर्ने प्रस्ताव छ । ‘परराष्ट्र नीति निर्माणमा राष्ट्रिय सहमति कायम गर्ने र ती नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्नका लागि राष्ट्रिय सहमतिको पहल गर्ने भन्नुको अर्थ एमसीसीलगायतका मुद्दा तत्काल अगाडि बढ्दैन भन्ने नै हो,’ कार्यदलका एक सदस्यले भने । सत्ता गठबन्धनमै रहेका पार्टीहरूबीच एमसीसी सम्झौतालाई लिएर मतभेद भइरहँदा…

Read More

काठमाडौँ: ग्लोबल आईएमई बैंक लिमिटेडले बुधबारदेखि सातवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले काठमाडौं महानगरपालिकाको सीतापाइला, बालाजु चोक र असन, ललितपुर महानगरपालिकाको धोबीघाट र भैंसेपाटी, भक्तपुर ठिमी नगरपालिकाको गठ्ठाघर एव्म धादिङ निलकण्ठ नगरपालिको धादिङबेसीस्थित बीचबजारमा नयाँ शाखा खोलेको हो। सबै नयाँ स्थानमा शाखा सञ्चालनमै आएको बैंकले जनाएको छ। योसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८० पुगेको छ। ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले देशका ७६ जिल्लामा फैलिएको २८० शाखा सञ्जालसहित २४८ एटीएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजस्व संकलन काउन्टर, २५७ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्पर्क कार्यालयमार्फत आफ्ना २३ लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा…

Read More

काठमाडौँ: बैतडीमा बँदेललाई थापेको करेन्ट लागेर दाजुभाइकै मृत्यु भएको छ। सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र उनका भाइ १८ वर्षीय अमृत चन्दको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। बुधबार राति ९ बजे आफ्नै मकै बारीमा जंगली बँदेल मार्न छाडिएको करेन्ट लाग्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए। बँदेलले मकै खाएर दुःख दिन थालेपछि उनीहरुले बँदेल मार्नका लागि बारीमा करेन्ट प्रवाह गरेका थिए। असावधानीबस करेन्ट प्रवाह भइरहेको तारमा छुँदा उनीहरुको मृत्यु भएको हो। घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी टोली खटाइएको ओझाले जानकारी दिए।

Read More

काठमाडौँ:  नेकपा एमालेको माधवकुमार नेपाल पक्षले बिहीबारका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । राजधानीमा बोलाइएको सो बैठकमा देशभरका केन्द्रीय सदस्यहरु सहभागी हुने नेपाल पक्षले जनाएको छ। बैठकले आफ्नो समूहको भावी रणनीतिलगायतका विषयमा धारणा तय गर्ने बताइएको छ। यता संस्थापन अर्थात केपी ओली समूहले सो बैठकलाई अनधिकृत भन्दै ध्यानाकर्षण भएको जनाएको छ । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बिहीबार कुनै बैठक नराखिएको भन्दै भ्रममा नपर्न नेता कार्यकर्तालाई विज्ञप्तिमार्फत अपील गरेका छन् ।

Read More