Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ : नमस्कार ! ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा यहाँलाई हार्दिक स्वागत छ’ । झट्ट सुन्दा यो कुनै कुशल सञ्चालकले सञ्चालन गरेको कार्यक्रम झैँ लाग्छ । त्यस्तो झल्को पनि दिन्छ । यथार्थमा भने यो कुनै कुशल सञ्चालक नभएर मानवरहित यन्त्र अर्थात् रोबोट थियो । साँच्चिकै उद्घोषिकाले जस्तै गरी कार्यक्रम सञ्चालन गरिरहेको त्यो दृश्यले विमानस्थलमा उपस्थित सबैको ध्यान खिच्यो । सेलीब्रेटी रोबोटसँग फोटो र सेल्फी खिच्नेको भिडै लाग्यो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पनि दुई रोबोट पर्यटन परीसँग तस्बिर लिन अघि सर्नुभयो । उक्त क्षणको त्यहाँ उपस्थित फोटो पत्रकारले तस्बिर कैद गर्ने होडबाजी चल्यो । अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारको दृश्य…
काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन मागेको आरोप लागेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएका हुन् । प्रतिनिधि सभामा सभामुख अग्निप्रसाद सापकोटाले बाँस्कोटाले राजीनामा दिइसकेको सदनलाई जानकारी दिएका छन्।
काठमाडौं : सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल बाँस्कोटाले कमिसन सेटिङ गर्दा कर्मचारीमाथि अश्लील शव्द प्रयोग गरेको भन्दै कर्मचारी युनियनले उनको विरोध जनाएको छ । नेपाल निजामती कर्मचारी युनियन (संघ)ले आज विहीवार एक विज्ञप्ति जारी गर्दै मन्त्रीले अश्लील शब्द प्रयोग गरी कर्मचारीको अपमान गरेको आरोप लगाएको छ । युनियनका उपमहासचिव दुर्गाप्रसाद फुयाँलले जारी विज्ञप्तिमा ‘निजामती कर्मचारीलाई अश्लिल र उपेक्षा बोधक शब्द सम्बोधन गरिएको अडियो रेकर्डका सम्बन्धमा संघको केन्द्रीय समितिले खेद व्यक्त गर्दछ’ विज्ञप्तिमा लेखेका छन । मन्त्री पदमा रहेको व्यक्ति भ्रष्टाचार गर्न सेटिङ गरेको तथ्य बाहिरिनु र भ्रस्टाचार सुरक्षार्थ आम राष्ट्रसेवकलाई अश्लिल शब्द प्रयोग गर दुःखको…
काठमाडौंः सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले स्विस कम्पनीका नेपाल एजेन्टसँग ७० करोड कमिनस मागेको अडियो बाहिरीएको छ । त्यस अडियोमा सञ्चारमन्त्री बाँस्कोटाले स्विस कम्पनीका नेपाल प्रतिनिधि विजयप्रकाश मिश्र शर्मासँग यसरी कमिशनको कुरा गरेका छन । आफ्नै कर्मचारीलाई अश्लिल शब्द प्रयोग गरी गरिएको अडियो कुराकानीको स्कृप्ट हेर्नुहोस : विजयप्रकाश मिश्र शर्मा : यो १२ गते १२ बजेपछि स्वीस एम्बेसी आउँछ। स्वीस एम्बेसीले बोलाएर आउँछ तपाइले बोलाएर आउने हैन। मन्त्री गोकुल बाँस्कोटा : ह।।। विजयप्रकाश मिश्र शर्मा : सकेसम्म एमओयू गर्ने किभन्ने हिसाबले आउन थालेको छ। तपाईंहरुको (कार्यक्रमको बारेमा एम्बेसडरले छुट्टै कुरा गर्न चाहेको छ।…
काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन्। उनले राजीनामा दिइसकेको अनौपचारिक जानकारी सभामुख अग्नि सापकोटाले संसदलाई गराएका छन्। प्रमुख विपक्षी दल कांग्रेसले सञ्चारमन्त्री बाँस्कोटालाई तुरुन्त बर्खास्ती र छानबिन माग गर्दै बिहीबार प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको थियो। त्यसपछि सभामुख सापकोटाले मन्त्रीको राजीनामा दिइसकेको जानकारी दिएका हुन्। ‘मलाई औपचारिक पत्र त आएको छैन। तर अनौपचारिक जानकारी आएअनुसार सम्बन्धित मन्त्रीले राजीनामा दिइसक्नु भएको छ,’ सभामुख सापकोटाले संसदमा भनेका थिए। तर, कांग्रेसले राजीनामा मात्र होइन, उनलाई कारबाहीको दायरामा ल्याउनुपर्ने तर्क गर्दै संसद अवरुद्ध गरेका छन्। कांग्रेसले आजै राष्ट्रियसभाको बैठक पनि अवरुद्ध गरेको थियो। बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद गर्न…
काठमाडौँ : आज सत्तरिऔँ राष्ट्रिय प्रजातन्त्र दिवस । दिवसको अवसरमा आज काठमाडौंको टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिम्मसिना सहभागी भए । टुडिखेलमा आज देखिएको दृश्यको केही झलकहरु : तस्वीर : रासस
काठमाडौं : चीनको वुहानबाट उद्दार गरिएकाको स्वास्थ्य परीक्षण गर्दा रिपोर्ट सकारात्मक आएको छ। खरिपाटीस्थित क्वारेन्टाइन रहेका सबै १७५ जनामा कोराना भाइरसको संक्रमण नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उनीहरुको नाक, घाँटीबाट लिइएको स्याम्पलको परीक्षणमा भाइरसको संक्रमण फेला नपरेको मन्त्रालयले जनाएको हो । यद्यपि क्वारेन्टाइनमा राखेको १४ दिनमा फेरि पनि स्वास्थ्य जाँच गर्नुपर्ने भएकाले उनीहरुलाई घर जान भने दिइने छैन । उनीहरुलाई चीनको वुहानबाट गत आइतबार नेपाल ल्याई क्वारेन्टाइनमा राखिएको थियो ।
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिको यात्रामा अवरोध पु¥याउनेलाई परास्त गर्दै अघि बढ्ने अठोट व्यक्त गर्नुभएको छ । विकास निर्माण, वैदेशिक लगानीजस्ता समृद्धिको महाअभियानमा अवरोध पुग्ने काम भइरहेको उल्लेख गर्दै उहाँले त्यस्ता अवरोधले समृद्धिको यात्रा नरोकिने स्पष्ट पार्नुभयो । राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी सत्तरीऔँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “मुलुक समृद्धिको दिशामा अघि बढिरहे पनि बाधा हाल्ने काम भइरहेका छन्, सरकारको विकासको यात्रामा अवरोधको प्रयास भए पनि त्यसलाई परास्त गरेर अघि बढ्छौँ ।” प्रधानमन्त्री ओलीले राष्ट्रको सम्पन्नताका लागि तय गर्नुपर्ने बाटो लामो भएको र त्यसतर्फ…
काठमाडौं : सुनको मूल्यले बुधबार फेरि नयाँ रेकर्ड बनाएको छ । यसअघि पुसमा सबै भन्दा धेरै बढेर तोलाको ७६ हजार ५०० सम्म पुगेको सुनको भाउ फागुन महिनामा फेरि त्यसरी नै बढ्न थालेको हो । मंगलबार पनि सुनको भाउ बढेको थियो । आज बुधबार छापावाला सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बढेर ७७ हजार १०० रुपैयाँ पुगेको छ । यस्तै, तेजावी सुनको भाउ पनि प्रतितोला ४०० रुपैयाँले नै बढेर ७६ हजार ८०० रुपैयाँ पुगेको छ । यस दिन चाँदीको भाउ पनि मंगलबारको तुलनामा बुधबार १५ रुपैयाँले बढेर ९ सय ५ रुपैयाँ पुगेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा…
काठमाडौँ: धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक लगातार उकालो लागि रहेको बेला चालू आर्थिक वर्षको सबैभन्दा ठूलो परिमाणको साधारण शेयर बिक्री हुने भएको छ । नेपाल धितोपत्र बोर्डले नेपाल पुनर्बीमा कम्पनीको रु एक अर्ब ६० करोड बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरेको छ । बोर्डले यही फागुन ४ गते सो कम्पनीलाई साधारण शेयर बिक्रीको अनुमति प्रदान गरेको हो । पछिल्ला दिनमा साधारण शेयर बिक्रीका लागि त्यत्ति धेरै उत्साह नभइरहेको बेला पुनर्बीमा कम्पनीको शेयर बिक्री गर्न लागिएको हो । बोर्डले अनुमति दिए लगत्तै कम्पनीले शेयर बिक्रीका लागि आश्वानपत्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डले कम्पनीलाई प्रतिकित्ता रु…
