Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम
- दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै
- होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’
- अपाङ्गता नीति कार्यान्वयनमा बागमती सरकारमाथि दबाब, बजेट र अनुगमनको माग
- भारतीय लगानीको पुराना हिसाब मिलाउन ढकालको माग, सरकारलाई दिए यस्तो सुझाव
- नेपाल–भारत पारवहन तथा यातायात सहमतिको फ्रेट फरवार्डर्स एसोसिएसनद्वारा स्वागत
- नेपाल–भारत व्यापारमा नयाँ साझेदारी आवश्यक: चेम्बर अध्यक्ष अग्रवाल
- सेयर बजारमा हरियाली फर्कियो, नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्ब ५५ करोडमाथि
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: प्रधानमन्त्री एवं कोभिड १९ निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीले कोभिड १९ विरुद्धको लडाई जित्न उपलब्ध स्वास्थ्य सेवालाई चुस्त दुरुस्त बनाउँदै खोपको समुचित व्यवस्था गर्नेतर्फ ध्यान केन्द्रित गर्न सम्बद्ध निकायहरुलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार सम्पन्न समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उपचारमा कुनै किसिमको ढिलाई गर्ने छुट कसैलाई नभएको समेत बताउनुभयो । यसका जुनसुकै देशबाट भए पनि प्रमाणित, प्रभावकारी र ढुवानी सहज गर्न सकिने खोपहरुका लागि पहल गर्न परराष्ट्र तथा स्वास्थ्य मन्त्रालय र केन्द्रका प्रमुखलाई विशेष निर्देशन उहाँले दिनुभयो । ‘खोप ल्याउन सकियो भने कोभिड विरुद्धको लडाई जितिन्छ । अन्यथा लडाई गरिरहनु पर्ने भयो…
काठमाडौं । काठमाडौं उपत्यकामा एकसाता निषेधाज्ञा लम्बिएको छ । उपत्यकामा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले एकसाता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका निषेधाज्ञामा थप कडाइ गरिनुका साथै खाद्यान्नका पसल र तरकारी पसल *एक साता बिहान ९ बजेसम्ममात्रै खुल्ने गर्ने निर्णय भएको छ । ‘‘उपत्यकावासीले एक हप्ताका लागि खाद्यन्नको जोहो गरिसकेका होलान् । नगर्नेहरूका लागि अझै दुई दिन समय पनि छ । त्यस्तै तरकारीको पसल पनि खोल्न पाइनेछैन,” प्रजिअ पराजुलीले भने, ‘‘खाद्यन्न पसल र तरकारी पसल सबै एकसाता बन्द गरेर संक्रमण रोकिने आकलन गरेका छौँ । त्यसैले…
नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६ सय ३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टाभित्रै मुलुकभर १६९ जनाको मृत्यु भएको छ। मुलुकभरमा बिभिन्न ९१ वटा प्रयोगशालामा गरिएको २२,९३६ परीक्षणबाट उक्त संख्यामा संक्रमित थपिएको मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार २२,३०६ पिसीआर र ६३० एन्टिजेन परीक्षण गरिएको थियो। जसमध्ये एन्टीजेन परीक्षणबाट २४९ जनामा संक्रमण पुष्टि भएको छ भने पिसीआर परीक्षणमा ८३८७ जनामा पुष्टि भएको छ। यस्तै पछिल्लो २४ घन्टामा ६,४०४ जना संक्रमणमुक्त भएका छन्। यो सँगै मुलुकमा ४०४,८८७ जना संक्रमणमुक्त भएका छन्। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २…
भेषराज बस्नेत राँझा, ११ जेठ (रासस)ः कोरोना सङ्क्रमणको दोस्रो लहरले अस्तव्यस्त बन्न पुगेको बाँके सामान्य अवस्थामा फर्किन थालेको छ । दिनहुँ कैयौँ सङ्क्रमित विरामीको मृत्यु हुने बाँकेमा पछिल्लो दुई दिनयता मृत्युदर शुन्यमा झरेको छ । तीव्र गतिमा सङ्क्रमण फैलिएपछि रोकथामको लागि जिल्ला प्रशासनद्वारा जारीे निषेधाज्ञाको एक महिनापछि अहिले बाँकेमा कोरोना सङ्क्रमण र विरामीको मृत्युदर घटेको हो । वितेको दुई दिनको अवधिमा बाँकेका सङ्क्रमित बिरामीको मृत्यु भएको छैन भने केही दिन यता सङ्क्रमित हुने भन्दा जित्नेको सङ्ख्या बढ्दै गएको छ । कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको बाँकेमा सङ्क्रमण दर घटेसँगै अस्पतालमा उपचारको लागि आउने विरामीको सङ्ख्यासमेत घट्दै गएको नेपालगञ्जस्थित भेरी अस्पतालका प्रमुख…
काठमाडौँ, ११ जेठ (रासस): देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या बढिरहँदा नारायणगढ–बुटवल सडक बिस्तारमा कार्यरत धेरै कामदारले काम छाडेका छन् । गत महिनासम्ममा आयोजनामा पाँचदेखि छ सयसम्म कामदार कार्यरत रहेकामा हाल ६०÷७० जना मात्रै बाँकी रहेको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ । निर्माण व्यवसायीले क्याम्पमा मिलाएर राखेर काम गराउन चाहेपनि कामदार कोभिडकै कारणले धमाधम निर्माणस्थल छाडिरहेको आयोजनाले जनाएको छ । कतिपय कामदारको परिवारका सदस्य वा आफन्त कोभिड भएकाले काम छाडेको आयोजना प्रमुख रमेशकुमार दृष्टिले बताउनुभयो । एकै दिन वा एकै पटकभन्दा पनि कामदार बिस्तारै घटेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ यो अवस्थामा सुधार नभएसम्म कामदारलाई तुरुन्त काममा फर्काउन गाहे हुने देखिन्छ…
काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीसँग हालै भेट नगरेको स्पष्टीकरण दिएको छ । मंगलबार सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको भनी सञ्चार माध्यममा आएको समाचारमा सत्यता नरहेको बताएका छन् । विज्ञप्तिमा स्वतन्त्र, निष्पक्ष, सुदृढ र सक्षम न्यायपालिका एवं विधिको शासनको सुनिश्चितता तथा न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धिमा सर्वोच्च अदालत सदैव गम्भीर, सचेत र संवेदनशील एवं पूर्ण प्रतिवद्ध रहेको पनि उल्लेख गरिएको छ । जेठ १० गते प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश जबराबीच प्रधानमन्त्री निवासमा भेट भएको समाचार सार्वजनिक भएका थिए । सर्वोच्चले समाचार असत्य भन्दै यसले न्यायपालिकाको स्वच्छता र यसप्रतिको…
यस अनलाइन पत्रिका (पहिलोक्लिक डटकम) मा आज मिति २०७८/०२/११ गते बिहान ८:३१ बजे प्रकाशित समाचार शिर्षक ” प्रम ओली र प्रधानन्यायाधीशबीच सोमबार राती अर्थपूर्ण भेट ” भन्ने समाचार प्रकाशित भएकोमा हामी अवगत नै छौं। उल्लेखित समाचार हामीले सधै जसो हरेक बिहान प्रकाशित गरिने ‘पत्रपत्रिकाबाट तथा अन्य अनलाइनमा प्रकाशित समाचारहरुलाई आधार र साभार गर्दै प्रकाशित गर्ने गरेका छौं। सोही कार्य अन्तर्गत मंगलबार जेठ ११ गते बिहान उक्त शिर्षकसहितको सामाचार प्रकाशित हुन गएको सम्बन्धित निकाय (सम्मानित सर्वोच्च अदालत) लाई अवगत गराउन चाहन्छौं। उक्त समाचारलाई लिएर हाम्रो अनलाइनकोसमेत नाम त्यस सम्मानित सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालद्वारा जारी प्रेस बिज्ञप्तिसहित ध्यानाकर्षण जारी भएको हामीलाई…
नेपाली फुटबल टोली आज इराक जाँदै काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम आज इराकतर्फ प्रस्थान गर्दै छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार नेपाली टोली इराक प्रस्थान गर्ने जनाएको छ । नेपाली टिम कतार एयरवेजबाट राति १० बजे इराक जाने भएको हो । नेपालले यही जेठ १५ (मे २९) मा बसरा अन्तर्राष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ । इराक प्रथान गर्नुअघि नेपाली टोलीको कोरोना परीक्षण पनि गरिएको छ । जसमा सबै खेलाडी, प्रशिक्षक र पदाधिकारीहरुको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । एन्फाले सोमबार नेपाली टोलीका २३ खेलाडी र १२ पदाधिकारीको पीसीआर परीक्षण गराएको थियो । नेपाली…
काठमाडौं । कोरोनाभाइरस संक्रमणका कारण वाग्मती प्रदेशमा थप ४९ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टाको तथ्यांकानुसार वाग्मतीका विभिन्न सात जिल्लामा ४९ जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले सार्वजनिक गरेको सोमबार बेलुकी ५ बजेसम्मको विवरणानुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै २४ जनाको मृत्यु भएको छ । यहाँ ३३ देखि ९८ वर्षसम्मका पुरुष र ३९ देखि ७६ वर्षसम्मका महिलाले ज्यान गुमाएका हुन् । यस्तै, कोरोनाका कारण यो अवधिमा ललितपुरमा आठ र भक्तपुरमा ६ जनाको मृत्यु भएको जनाइएको छ ।
काठमाडौँ: गृह मन्त्रालयले कोभिड संकट व्यवस्थापनसम्बन्धी केही दिनअघि जारी भएको अध्यादेशअनुसार निषेधाज्ञा कार्यान्वयन गर्न देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) तथा प्रदेशस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई पनि त्यसको बोधार्थ दिइएको छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले जनस्वास्थ्यका मापदण्ड उल्लंघन गर्नेलाई कडा कारबाही गर्न स्पष्ट रूपमा निर्देशन दिइएको बताए । अध्यादेशमा उल्लिखित कैद र जरिवानाका प्रावधानलाई कडाइका साथ लागू गरिने भन्दै काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले सोमबार नै सूचना जारी गरेका छन् । उपत्यकाका तीनवटै प्रशासनले मंगलबार संयुक्त बैठक बसेर निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्ने ललितपुरका सहायक प्रजिअ ललितकुमार बस्नेतले बताए । उपत्यकामा वैशाख १६…
