काठमाडौँ : नेपाल राष्टबैंकले शुक्रबारका लागि जारी गरेको डलरको खरीद तथा बिक्री दर हालसम्मकै उच्च बनी नयाँ किर्तिमान कायम भएको हो ।
केन्द्रीय बैंकले आजका लागि प्रति अमेरिकन डलरको बिक्री दर ११०.६२ रुपैयाँ र खरीद दर ११०.०२ रुपैयाँ तोकेको छ । पछिल्लो केहि दिनदेखि अमेरिकी डलरसँग नेपाली रुपैयाँ कमजोर बन्दै गएको छ । आजको नेपाली रुपैयाँ डलर संग इतिहासकै कमजोर भएको छ ।
अमेरिकी अर्थतन्त्र सवल हुँदैै गएपछि डलरको मूल्य आकाशिएको हो ।
अर्थाशात्री दिल्ली राज खनालका अनुसार अमेरिकामा डलरको माग बढी हुँदा बिकशित मुलकबाट डलर अमेरिकामा जाँदा डलर मजबुत हुन गएको हो ।
अमेरिकामा ब्याजदर बढी हुँदा लगानीकर्ताहरु अमेरिकामा लगानी गर्न आकर्षित हुन गई अमेरिकामा डलर प्रबाह हुन गएको उनले बताए ।
अमेरिकामा बजेटरि घाटा बढी हुँदै जाँदा लगानी बढाउनु पर्ने हुँदा डलरको माग बढीरहेको छ जसलेगर्दा डलर मजबुत भएको छ जुन आउने दिनमा अझै बढ्दै जाने संकेत देखिएको खनालले बताए ।
अमेरिकी डलरसँग भारतीय मुद्रा अवमूल्यन भएलगत्तै त्यसको असर नेपाली रुपैयाँमा पनि परेको हो । सोमबार भारतीय मुद्राको अमेरिकन डलरसँगको विनिमय दर पछिल्लो ३० महिनाकै सबैभन्दा धेरै अवमूल्यन भई ६८.६० पैसा कायम भएको थियो ।
नेपालको अर्थतन्त्र आयातमा आधारित भएकाले डलरको मूल्य बढ्दा तेस्रो मुलुकबाट डलर तिरेर गर्नुपर्ने आयातबाट अर्थतन्त्रलाई नोक्सानी हुन्छ ।