Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा जनार्दन बराल निर्वाचित भएका छन्। आज भएको निर्वाचनमा बरालले कुल खसेको २ सय ४७ मतमा १ सय १४ मत ल्याए। उनका प्रतिस्पर्धी आशिष ज्ञावालीले ८० र शिरोमणी ढुंगानाले ४८ मत ल्याए। उपाध्यक्षमा सुजन ओली, महासचिवमा भागवत भट्टराई, सचिवमा हिमाल पौडेल र कोषाध्यक्षमा लक्ष्मी कुमारी सापकोटाले जित हासिल गरेका छन्।

Read More

काठमाडौँ: नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् । गौतमले शुक्रबार पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजीनामा दिएको गौतमका स्वकीय सचिव दिपक टमाटाले जानकारी दिए । एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित गौतम नेकपा एकीकरणपछि पनि उपाध्यक्ष बनेका थिए । उनी नेकपा विभाजनपछि दुवै पक्षमा नलागी एकता अभियान चलाइरहेका थिए । केही दिनअघि गौतमले रातोपाटीमार्फत राजीनामा दिने घोषणा गरेका थिए ।

Read More

काठमाडौँ: पछिल्लो २४ घण्टामा थप १ हजार ७५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १४ हजार ३३४ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा ९ हजार ७७३ जनाको पिसिआर र ४ हजार ५६१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। त्यस्तै, २ हजार २७४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। यसको संक्रमणबाट थप २३ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ८०९ पुगेको छ।

Read More

काठमाडौँ: नेपाली सेनाको चितवनस्थित कालीबहादुर गणबाट हतियार ‘एसएमजी’ चोरेको आरोप लागेका दुईजना सैनिकले सफाइ पाएका छन् । ‘एसएमजी’ चोरेको आरोपमा २८ महिनादेखि जेलमा रहेका कालीबहादुर गणका अमल्दार लवकुमार गुरुङ्ग र जवान सरोज तामाङ्गले सफाइ पाएको अधिवक्ता सोमनाथ ढुंगानाले रातोपाटीलाई बताए । उच्च अदालत पाटनका न्यायाधीश लोहितचन्द्र शाह, रक्षा मन्त्रालयका सचिव बोगेन्द्रराज शर्मा पौडेल र सेनाको प्राड विवाक प्रमुख उपरथी रत्नप्रकाश थापा सम्मिलित सैनिक विशेष अदालतले बिहीबार उनीहरुलाई सफाई दिने फैसला गरेको ढुंगानाले बताए । दुई सैनिकलाई हतियार चोरी र ड्युटीमा लापरवाही गरेको अभियोग लगाइएको थियो । चोरीमा सफाई पाएका दुई सैनिकलाई २०७५ मंसिर ४ बाट लागु हुनेगरी ३ वर्षसम्म…

Read More

काठमाडौँ: पर्वतमा पहिरोमा परि १० जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्। मृत्यु हुनेमा एकै परिवारका ५ जना भएको स्थानीय विरोधविक्रम गुरुङले जानकारी दिए। उनका अनुसार शुक्रबार कुश्मा नगरपालिका–३ दुर्लुङको पहिरोले माधव शर्माको घर पुरिँदा परिवारकै ५ जनाको मृत्यु भएको हो। पहिरोमा उनकी ७५ वर्षकी आमा कौशिला पौडेल, श्रीमती ३५ वर्षकी भगवती, दुई छोरीहरु १६ वर्षकी बिमला र ११ वर्षकी विनिता र ९ वर्षीय छोरा विनोदको मृत्यु भएको हो। उता, कुश्मा–११ सिल्मीमा मनिलाल पौडेलको घर पहिरोले पुर्दा पर्वतकै मोदी गाउँपालिका–७ की ३८ वर्षीया दुर्गा पौडेल र उनका ६ वर्षीय छोरा गणेशको पनि मृत्यु भएको छ। उनीहरु पाहुनाको रुपमा…

Read More

काठमाडौँ: नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया सुरू भएको छ। केन्द्रीय कार्यसमितिले बनाएको महाधिवेशन कार्यतालिकाअनुसार शुक्रबार देशैभर वडा अधिवेशन हुनुपर्ने हो। तर क्रियाशील सदस्यता सम्बन्धी विवाद नटुंगिएकोले २१ जिल्लाको क्रियाशील सदस्यता विवरण अझै पार्टीको वेबसाइटमा सार्वजनिक गरिएको छैन। ५६ जिल्लामा भने क्रियाशीलको नामावली पार्टी वेबसाइटबाट सार्वजनिक गरिसकिएको छ। क्रियाशील नाम सार्वजनिक भएका र निर्वाचन अधिकृत पुगिसकेका जिल्लामा पनि भदौ १९, २०, २१ गतेका लागि अधिवेशन तोकिएका छन्। काठमाडौं, ललितपुर र भक्तपुरमा आज वडा अधिवेशन नहुने भएको छ। ललितपुरमा र भक्तपुरमा भदौ २१ मा वडा अधिवेशन हुनेछ भने काठमाडौंमा कहिले गर्ने टुंगिएको छैन। क्रियाशील सदस्यता विवाद नटुंगिएकोले काठमाडौं अधिवेशन अनिश्चित…

Read More

काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाका सामुन्ने तीनवटा शक्ति राष्ट्र अमेरिका, चीन र भारतसँग सरोकार राख्ने मुद्दाहरू एकैपटक जोडिएर आएका छन् । नेपाल मामिलामा मिहिन चासो राख्ने तीन शक्ति राष्ट्रका तीनथरी विषय सामुन्नेमा आएपछि एकातर्फ सत्ता गठबन्धनभित्र छटपटी बढेको छ, अर्कोतर्फ देउवाको कूटनीतिक कौशल अब कसरी प्रदर्शन हुन्छ त्यसप्रति सरोकारवालाहरूको चासो प्रकट हुन थालेको छ । भारतीय सशस्त्र सुरक्षा बल (एसएसबी)ले तुइन चुँडाइदिँदा दार्चुलाका जयसिंह धामी बेपत्ता भएको घटनामा भारतसँग सरकारले औपचारिक रुपमा केही बोल्न सकेको छैन । गृहमन्त्रालयको छानबिन टोलीले समेत त्यहाँ भारतीय पक्षबाट आपराधिक खालको गतिविधि भएको औंल्याइरहँदा सरकारले भारतलाई औपचारिक रुपमा कूटनीतिक पत्राचारसमेत गर्न सकेको छैन । घटना भएको…

Read More

काठमाडौँ: सरकारले बजेटसँग सम्बन्धित अध्यादेशलाई पुनः ल्याउने भएको छ । निष्क्रिय हुन लागेका अध्यादेशलाई पुनः जागृत गर्नका लागि फेरि अध्यादेश ल्याउने तयारीमा सरकारले राजनीतिक दलहरूसँग छलफल थालेको छ । सदनमा पेस भएका अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक ल्याएर कानुनको स्वरुप दिनुपर्नेमा त्यो गर्न नसकेका कारण सरकार फेरि अध्यादेशमार्फत नै बजेट ल्याउने तयारीमा रहेको एक मन्त्रीले जानकारी दिए । दुई दर्जनभन्दा बढी विचाराधीन अध्यादेशलाई सरकारले फेरि जारी गर्ने भएको हो । बजेटसँग सम्बन्धित अध्यादेशलाई सरकारले प्राथमिकतामा राखेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसँग सम्बन्धित आर्थिक अध्यादेश, २०७८, विनियोजन अध्यादेश, २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८…

Read More

काठमाडौँ: काठमाडौँ महानगरपालिकाले तत्काल विद्यालय खोल्ने/नखोल्नेबारे छलफल भइरहेको बताएको छ । स्मार्ट लकडाउन कार्यविधिअनुसार काठमाडौँ जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)ले विद्यालय खोल्न सक्ने भनेपछि महानगरले तयारी थालेको भए पनि औपचारिक निर्णय नभएको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यकाका अन्य स्थनीय तहजस्तो महानगर होइन, यहाँ विद्यार्थीको अत्यधिक सङ्ख्या छ उनीहरुलाई सुरक्षित राख्दै पठनपाठनलाई सञ्चालन गर्नुपर्छ, त्यसका लागि छलफल भइरहेको छ ।” “विद्यालय उमेर समूहका १८ वर्षमुनिका बालबालिका कारोना भाइरस सङ्क्रमणबाट बढी जोखिममा रहेकाले दुई दिन खोलेर बन्द गर्दा थप समस्या उत्पन्न हुन्छ, त्यसका लागि सञ्चालन गर्नुपूर्व छलफल गर्नुपर्छ”, उहाँले भन्नुभयो । कामपामा रहेका ९१ सामुदायिक…

Read More

काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले काठमाडौँ उपत्यकामा विद्युतीय बस सञ्चालन गर्ने सम्बन्धमा साझा यातायातसँग छलफल गर्नुभएको छ । पुल्चोकस्थित साझा यातायातको कार्यालय पुगेर उहाँले विद्युतीय बस सञ्चालन र त्यसका लागि आवश्यक पर्ने पूर्वाधारका विषयमा जानकारी लिनुभएको हो । सो अवसरमा साझा यातायात सञ्चालक समितिका अध्यक्ष कनकमणि दीक्षितले साझाले अगाडि बढाएका कार्यक्रम तथा योजनाबारे जानकारी गराउनुभयो । उहाँले विद्युतीय बस खरिदको अवस्था तथा बस सञ्चालनका लागि चार्जिङ स्टेशनको अवस्थाका बारेमा मन्त्री भुसाललाई अवगत गराउनुभयो । उहाँले पहिलो चरणमा जनस्वास्थ्य, सार्वजनिक यातायात र आर्थिक हिसाबले पनि विद्युतीय बस सञ्चालनमा ल्याउनु पर्ने बताउनुभयो । बोलपत्र आह्वान गरेर बस खरिदको प्रक्रिया अगाडि…

Read More