Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा
- भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा
- ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित
- बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत
- मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम
- दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै
- ऊर्जा मिश्रण अवधाणामार्फत पीपीए खुलाउने तयारी
- होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
नयाँ बन्दरगाहको उपयोग र रेलमार्ग विस्तारले नेपालको व्यापार लागत घटाउने अपेक्षा काठमाडौँ: नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनले प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा नेपाल र भारतबीच पारवहन तथा यातायात कनेक्टिभिटी विस्तारका विषयमा भएका सहमतिहरूको स्वागत गरेको छ । एसोसिएसनले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पारवहन, रेलमार्ग, समुद्री बन्दरगाह तथा हवाई कनेक्टिभिटी विस्तारसम्बन्धी सहमतिहरूलाई नेपालको वैदेशिक व्यापार र समग्र आर्थिक विकासका दृष्टिले महत्वपूर्ण उपलब्धि भनेको हो । प्रधानमन्त्री शाहको नोभेम्बर २२ देखि २३ सम्म सम्पन्न भारत भ्रमणका क्रममा गुजरातस्थित दीनदयाल (कान्डला) बन्दरगाह र आवश्यक पूर्वाधार तयार भएपछि ओडिशास्थित पारादीप बन्दरगाहसमेत नेपालको तेस्रो मुलुकसँगको व्यापारका लागि प्रयोग गर्न सकिने घोषणाले नयाँ सम्भावना…
काठमाडौं: नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई परम्परागत व्यापारिक आदानप्रदानबाट माथि उठाउँदै रणनीतिक, लगानीमा आधारित तथा उत्पादनमुखी आर्थिक साझेदारीमा रूपान्तरण गर्नुपर्ने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले बताएका छन् । नयाँदिल्लीस्थित होटल ताजमा भारतीय उद्योग परिसंघ (सीआईआई) द्वारा आयोजित ‘इन्डिया–नेपाल बिजनेस फोरम’ कार्यक्रममा धारणा राख्दै अध्यक्ष अग्रवालले नेपाल र भारत भौगोलिक निकटता, ऐतिहासिक सम्बन्ध, संस्कृति, विश्वास तथा साझा आर्थिक आकांक्षाले जोडिएका स्वाभाविक आर्थिक साझेदार रहेको बताए । उनले नेपाल र भारतले एकअर्कालाई केवल बजारका रूपमा नभई उत्पादन, नवप्रवर्तन, लगानी, प्रविधि हस्तान्तरण र साझा समृद्धिका साझेदारका रूपमा हेर्नुपर्ने धारणा राखे । दुई देशबीच लामो समयदेखि कायम आर्थिक सम्बन्धका बाबजुद व्यापार, लगानी…
कााठमाडौं, मंसिर ८ । लगातारको उतारचढावबीच धितोपत्र बजारमा आज सकारात्मक संकेत देखिएको छ। साताको कारोबारका क्रममा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढ्दै २ हजार ६३८.९५ विन्दुमा पुगेको छ। नेप्से परिसूचक आज १५.३९ अंकले बढेको हो। बजारमा परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य गतिविधि देखिएको छ। दिनभर विभिन्न कम्पनीका १ करोड ४६ लाख ७० हजार १७७ कित्ता सेयर खरिदबिक्री हुँदा कुल ५ अर्ब ५५ करोड ३० लाख १९ हजार २४९ रुपैयाँ बराबरको कारोबार भएको छ। आज बजारमा अधिकांश कम्पनीका लगानीकर्ताले राहत पाएका छन्। कुल १६५ कम्पनीको सेयर मूल्य बढ्दा १११ कम्पनीको मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको…
छड्के जाँचमा ३६ मध्ये ११ वटा फेल कााठमाडौं, मंसिर ८ । काठमाडौं उपत्यकामा गुड्ने सवारीसाधनले कति प्रदूषण फैलाइरहेका छन् रु यसको एउटा नमुना ललितपुरमा गरिएको छड्के जाँचले देखाएको छ। कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको समन्वयमा गरिएको सवारी प्रदूषण अनुगमनमा ३६ वटा सवारीसाधन जाँच गरिएको थियो। ललितपुरको खुमलटार र सातदोबाटो क्षेत्रमा गरिएको उक्त जाँचमा ११ वटा सवारीसाधन प्रदूषण परीक्षणमा फेल भएका छन् भने २५ वटा पास भएका छन्। अर्थात्, जाँच गरिएका सवारीसाधनमध्ये ३०।५६ प्रतिशत प्रदूषण मापदण्ड पूरा गर्न असफल भएका छन्। यसले सडकमा गुडिरहेका सवारीसाधनबाट हुने प्रदूषण नियन्त्रणको चुनौती अझै गम्भीर रहेको संकेत…
काठमाडौं, मंसिर ८ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबाट दीर्घकालीन महत्त्वका उपलब्धि हासिल भएको नदेखिएको टिप्पणी गरेका छन्। मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले प्रधानमन्त्रीको भारत भ्रमणबारे आफ्नो धारणा राखेका हुन्। उनले भ्रमणबारे हतारमा टिप्पणी गर्ने पक्षमा आफूहरू नरहेको स्पष्ट पार्दै दीर्घकालीन महत्त्व राख्ने काम भएको नदेखिएको बताएका हुन्। ‘हामी हतारमा प्रधानमन्त्रीको भारत भ्रमणबारे बोल्दैनौँ तर दीर्घकालीन महत्त्वका केही काम भएजस्तो देखिएन,’ थापाले भने। उनले प्रधानमन्त्री शाहले भारत भ्रमणका क्रममा भएका सहमति, सम्झौता र उपलब्धिबारे सार्वजनिक रूपमा जानकारी गराउनुपर्नेमा जोड दिएका छन्। प्रधानमन्त्री शाह भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुईदिने भारत…
काठमाडौं, मंसिर ८ । सुनकोसी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गर्ने निर्णयले मधेसमा आन्दोलनको अवस्था सिर्जना हुन सक्ने चेतावनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले दिएका छन्। उनले आयोजना रद्द गर्ने नभई निर्धारित योजनाअनुसार सम्पन्न गर्न सरकारसँग स्पष्ट कार्ययोजना माग गरेका छन्। सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद झाले सुनकोसी–मरिण डाइभर्सन आयोजना मधेसका पाँच जिल्लाका किसान र कृषि क्षेत्रको भविष्यसँग जोडिएको विषय भएको बताए। उनका अनुसार आयोजनाको १३.३ किलोमिटर लामो सुरुङको ब्रेकथ्रु सन् २०२४ मे महिनामै सम्पन्न भइसकेको छ। तर, बाँधलगायतका संरचना निर्माणको काम अघि बढ्न नसक्नु गम्भीर विषय भएको उनको भनाइ छ। ‘यो आयोजना रद्द भयो भने मधेस…
काठमाडौं, मंसिर ८ । भारतसँग सहुलियतपूर्ण ऋणका रूपमा प्राप्त १८४ अर्ब रुपैयाँ बराबरको ऋण सुविधा सरकारले तत्काल उपयोग नगर्ने भएको छ। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आयोजना आवश्यकताअनुसार मात्रै उक्त ऋण परिचालन गरिने बताएका छन्। मंगलबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले १८४ अर्ब रुपैयाँ तत्काल प्राप्त हुने रकम नभई ‘लाइन अफ क्रेडिट’ भएको स्पष्ट पारे। उनका अनुसार सरकारले आयोजना निर्माणको आवश्यकता र प्रगतिका आधारमा उक्त ऋण उपयोग गर्नेछ। विशेषगरी ऊर्जा क्षेत्र, प्रसारण लाइन तथा पूर्वाधार विकासमा यसको प्रयोग गर्ने सरकारको योजना छ। तर, चासलाग्दो कुरा के छ भने १८४ अर्ब रुपैयाँको ऋण उपयोग गर्ने सहमति…
काठमाडौँ, मंसिर ६ । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदैछन्। प्रधानमन्त्री शाह आज आइतबार दिउँसो १ बजेर ४५ मिनटेमा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायु सेवा निगमको विमान चढेर दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा शाह २ दिनका लागि भारत भ्रमणमा जाने भएका हुन्। गत चैत १३ गत प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि शाहले पहिलोपटक औपचारिक विदेश भ्रमण गर्न लागेका हुन्। प्रधानमन्त्रीसँग अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ अधिकारी भारत भ्रमणमा जानेछन्। त्यहाँ पुगेपछि नयाँ दिल्लीस्थित नेपाली राजदूतावासबाट भ्रमण टोलीमा राजदूतसहित केही सदस्य थपिनेछन्। प्रधानमन्त्री शाह आज दिल्ली ओर्लिंदा त्यहाँस्थित इन्दिरा…
काठमाडौं, मंसिर २ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले फेरि सरकारको नेतृत्वमा फर्किने दाबी गर्दै राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरेका छन्। काठमाडौँमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले एमाले पुनः सरकारमा जाने र यसअघि अघि सारेका विकासका योजनालाई निरन्तरता दिने बताएका हुन्। एमाले कुनै राजनीतिक शक्तिको कृपा वा आशीर्वादले नभई जनताको समर्थन र पार्टीको आफ्नै संघर्षबाट सरकारमा पुगेको उनको दाबी थियो। ‘फेरि नेकपा एमाले सरकारमा जान्छ, कान खोलेर सुने हुन्छ,’ भन्दै ओलीले आफ्नो पार्टीको राजनीतिक पुनरागमनबारे खुलेरै अभिव्यक्ति दिएका छन्। उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यबाट एमाले पछि नहट्ने पनि बताए।
काठमाडौं, मंसिर २ । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणलाई लिएर कूटनीतिक तयारी तीव्र पारिएको छ। नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्दै भ्रमणको कार्यसूची तय भइसकेको जानकारी दिएका छन्। सिंहदरबारमा भएको भेटमा दलेलाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शाहबीच हुने भेटवार्ता ऐतिहासिक तथा महत्त्वपूर्ण हुने बताएका छन्। भ्रमणलाई उपलब्धिमूलक बनाउन दुवै देशका सम्बन्धित निकायले तयारी गरिरहेको उनको भनाइ थियो। भेटमा प्रधानमन्त्री शाहले भारतीय राजदूतलाई सफल कार्यकालको शुभकामना दिँदै रसुवा–भोटेकोशी बाढीपछि भारतले गरेको सहयोगप्रति आभार व्यक्त गरेका थिए।
